दाङ । नेपाल सरकारका प्रवक्ता एवं सुचना तथा संचार प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सत्ता गठवन्धन भत्काउनका लागि विभिन्न चलखेल भईरहेको बताएकी छन् । शर्माले वर्तमान गठवन्धनलाई भत्काउनका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरु सलबलाएको भएपनि उनिहरु यसमा सफल हुन नसकेको समेत दावी गरिन् ।
बुधवार साँझ आफ्नो निर्वाचन क्षेत्र दाङको बंगलाचुली गाउँपालिकाको कमिरेचौरमा आयोजित गठबन्धनसम्बद्ध जन प्रतिनिधि, नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले यस्तो बताइन् । मन्त्री शर्माले वर्तमान गठनबन्धन सम्वद्ध दलका नेताहरु यही समिकरणलाई पाँच वर्षसम्म टीकाई राख्नुपर्छ भन्ने कुरामा एकमत रहेको हुँदा गठबन्धन पाँचवर्ष सम्म कायम रहने समेत बताइन् ।
मन्त्री शर्माले अहिले अन्तराष्ट्रिय शक्ति शन्तुलन राम्रो भएको समेत दावी गरिन् । उनीले भनिन् “प्रधानमन्त्री ज्यूको भारत, चिन भ्रमण तथा संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागिताले अहिले नेपालले आफ्नो अन्तर्राष्ट्रिय सम्बन्ध बलियो बनाउन सफल भएको छ ।’ यस्तै विकासका लागि सबैले ईमानदारिताका साथ आफ्नो ठाउँबाट लागि पर्नुपर्ने बताउँदै आफू पनि यहाँका विकासका लागि निरन्तर लागिपरेको बताइन ।
प्रतिक्रिया