ताजा अपडेट »

‘कोरोना भाइरसको संक्रमणभन्दा चिन्ता धेरै’

मंगलबार, २१ माघ २०७६

कोरोना : संक्रमणभन्दा चिन्ता धेरै ( जनचेतनाको लागि सेयर, प्रकाशन, प्रसारण गरौं )

- सबा अरब जनसंख्या भएको चीनमा ३५० जनाको मृत्यु हुनु कम क्षति हो । कोरोना संक्रमणबाट मृत्यु भएका अधिकांश व्यक्ति बुढाबुढी, क्यान्सरजस्ता दीर्घ रोग लागेका तथा रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति छन्।
- कोरोना संक्रमणबाट अस्पताल भर्ना भएका बिरामीहरु सन्चो हुँदै फर्किने क्रम जारी छ |
- कोरोना भाइरस कमजोर खालको भाइरस प्रमाणित भएको छ । यसको मृत्यु दर १/२ % मात्र छ ।
- यसको औषधि तथा खोपको लागि अनुसन्धान भइरहेको छ ।
- यो भाइरस गर्मी सुरु भएपछि नियन्त्रण हुने चीनको विश्वास छ ।
- कोरोना भाइरसको कारण सयौंको मृत्यु भयो, हजारौं संक्रमित भए तर करोडौं व्यक्तिहरु चिन्ताग्रस्त छन् ।
- कोरोनाले भन्दा कोरोनाको कारण भइरहेको चिन्ता, तनाब, असुरक्षा महशुष जस्ता मानसिक असरले दीर्घरोगी वृद्धि हुने तथा मृतकको संख्या बढ्ने देखिएको छ ।
- हामीकहाँ पाइने मास्कले कोरोनाको संक्रमण रोक्दैनन्। कोरोना भाइरस टाउको, मास्कको बाहिरी भाग, कपडा, झोला, जुत्ता, हात आदि हुँदै घरघरमा फैलिन सक्छ ।
- हाम्रा केहि बानीको कारण कोरोना संक्रमणको जोखिम उच्च छ। मान्छेतिर फर्केर खोक्ने, हाच्छ्यु गर्ने, औंलालाई मुख – नाक – आँखा – कानतिर लैजाने, हात नधोइ कानेकुरा समाउने – खाने आदि ।
- कोरोना संक्रमणबाट बच्ने एउटा उपाय छ, त्यो हो -खल्तीमा, ब्यागमा ह्याण्ड स्यानिटाइजर वा अल्कोहल कन्टेन्ट स्यानिटाइजर राख्ने, त्यसले पटक पटक हात सफा गर्ने | साबुन पानीले हात धोएर मात्र खाना खाने ।

-डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिज्ञ