गुल्मी । गुल्मीमा आजदेखि पालिका स्तरीय भलिबल प्रतियोगिता हुँदै छ । आजदेखि उपल्लो तम्घासमा सुरु हुन लागको महोत्सवमा १२ वटै स्थानीय तहका पुरुष र महिला गरी २१ टिमबीच प्रतिस्पर्धा हुने जिल्ला भलिबल संघका अध्यक्ष राजन कुँवरले जानकारी दिए ।
कार्तिक १८ गतेसम्म सन्चालन हुने प्रतियोगिताको विजेताले पुरुषतर्फ नगद ७७ हजार ७७७ सहित ट्रफी, कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । द्वितीय पुरस्कार ५५ हजार ५ सय ५५, तृतीय पुरस्कार ३३ हजार ३ सय ३३ र सान्त्वना पुरस्कार ११ हजार १ सय ११ सहित कप मेडल र प्रमाणपत्र रहेको जिल्ला भलिबल संघ गुल्मीका महासचिव नारायण आचार्यले जानकारी दिए ।
यस्तै महिला तर्फ प्रथम पुरस्कार ३५ हजार दृतिय पुरस्कार २५ हजार तृतीय पुरस्कार १५ हजार र सान्त्वना पुरस्कार १० हजार सहित शिल मेडल प्रमाणपत्र रहेको छ । कपको मुख्य प्रायोजक गुल्मीकै पहिलो अन्तर्राष्ट्रिय भलिबल खेलाडी रेसुङ्गा नगरपालिका–२ छापटो घर भैइ हाल अमेरिका रहेका प्रेम कुवर रहेको आयोजकले जनाएको छ ।
पालिकास्तरिय भलिबल् प्रतियोगितामा पुरुष र महिला तर्फ जिल्लाका १२ वटा पालिकाले नै समुह दर्ता गरेको जिल्ला भलिबल संघ गुल्मीका अध्यक्ष राजन कुँवरले जानकारि दिए । जिल्ला समन्वय समितिका प्रमुख द्रोण बहादुर खत्रीले उद्घाटन गर्ने कार्यक्रम रहेको खेल दिउँसो दुई बजेबाट सुरु हुने अध्यक्ष कुँवरले जानकारी दिए ।
जिल्लाभरका स्थानीय तह बीचको आत्मीयता बढाउन, रेसुङ्गा, अर्जुन, उनाएचौर जस्ता धार्मिक एवं पर्यटकीय स्थलको प्रचारमा टेवा पुर्याउन साथै व्यपार व्यवसायीको प्रबर्द्धन गर्नु पनि भलिबल कपको उद्देश्य रहेको आयोजकको दावी छ । राष्ट्रिय खेलाडीलाई प्रतियोगिता सहभागी नगराईने भएको छ ।
प्रतिक्रिया