ताजा अपडेट »

शुद्धोधनको मोतीपुर आधारभूत अस्पतालमा रेबिज विरुद्धको खोप सेवा सुरु

मंगलबार, १४ कार्तिक २०८०

बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिका स्थित मोतीपुर आधारभूत अस्पतालमा रेबिज विरुद्धको खोप सेवा सुरु भएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी अस्पतालमा रेविज विरुद्धको खोप सेवाको सुरुवात गरिएको हो ।

कार्यक्रममा बोल्दै शुद्धोधन गाउँपालिकाका स्वास्थ्य संयोजक तथा वडा नम्बर ४ का अध्यक्ष केशवप्रसाद अधिकारीले अब रेविजको खोप लगाउन बुटवल भैरहवा जानु पर्ने समस्याको अन्त्य भएको बताए । साथै गाउँपालिका नागरिकको स्वास्थ्यप्रति विशेष संवेदशनशिल रहेको र पालिका भित्र स्वास्थ्य सेवाको विस्तारका लागि निरन्तर रुपमा लाग्ने बताए ।