ताजा अपडेट »

महासचिव गुटेरेस लुम्बिनी आउँदै, रुपन्देहीको सुरक्षा व्यवस्था कडा

मंगलबार, १४ कार्तिक २०८०

बुटवल । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोरियो गुटेरेस अहिले विहान लुम्बिनी आउँदै छन् । नेपाल भ्रमणमा रहेका गुटेरेस बिहान भैरहवास्थित गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा झरेर लुम्बिनी जाने कार्यतालिका छ । उनलाई स्वागत गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विहान लुम्बिनी आइसेका छन् ।

गुटेरेस लुम्बिनी आउने भएपछि रुपन्देहीको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । ठाउँ–ठाउँमा सुरक्षाकर्मी तैनाथ गरी सुरक्षालाई कडा पारिएको हो । गुटेरेसको लुम्बिनी भ्रमणको सबै तयारी पूरा भएको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले बताए । गुटरेसले लुम्बिनीमा झण्डै डेढ घण्टा बिताउने छन् । उनी साढे १० बजे काठमाडौँ फर्किने कार्यक्रम छ ।

भैरहवास्थित विमानस्थलमा ओर्लिएपछि हेलिकप्टरमार्फत उनी लुम्बिनी जानेछन् । गुटरेसले मायादेवी मन्दिर, बुद्ध जन्म स्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भहरूको निरीक्षणपछि पिपलको रुखमुनि छोटोमा स्वागत गर्ने कार्यक्रम राखिएको छ ।