ताजा अपडेट »

गोली प्रहारबाट घाइते भएका प्रिन्सिपलको मृत्यु

सोमबार, १३ कार्तिक २०८०
2 Shares

बारा । गोली प्रहारबाट घाइते भएका बारा जिल्लास्थित बाल एकता इङिलस बोर्डिङ्ग स्कुलका प्रिन्सिपल रुपेश सरार्फको मृत्यु भएको छ । 

सोमबार दिउँसो करिब १ बजे अज्ञात समूहले सर्राफमाथि गोली प्रहार गरेको थियाे । घाइते भएका सर्राफकाे बीरगञ्जस्थित वयोधा अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएको बाराका डीएसपी दधिराम न्यौपानेले जानकारी दिए।

उनको घाँटी र छातीमा चार राउण्ड गोली लागेको थियाे । गोली चलाउने व्यक्तिको खोजी सुरु भएको प्रहरीले जनाएको छ ।