ताजा अपडेट »

सिंगापुर विरुद्धको खेलमा अर्ना वियरबाट सबैभन्दा बढी नगद पुरस्कार पाउने कुशल भुर्तेल (अन्यको समेत विवरणसहित)

सोमबार, १३ कार्तिक २०८०
1 Shares

बुटवल । काठमाडौंमा जारी एसीसी टि२० विश्वक कप एसिया छनोट प्रतियोगितामा नेपालका ओपनर कुशल भुर्तेलले अर्ना वियरबाट १ लाख ९४ हजार पुरस्कार राशी प्राप्त गर्ने भएका छन् । सोमबार सिंगारपुर विरुद्धको खेलमा ८ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ७४ रन बनाएका उनले टोलीलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरे ।

खेलाडीलाई प्रोत्साहन गर्नका लागि अर्ना वियरले सार्वजनिक गरेको पुरस्कार योजना अनुसार टि २० छनोटका प्रत्येक खेलमा नेपाली खेलाडीहरुलाई ब्याटिङमा एक रन बराबार १ हजार, चौकाको अतिरिक्त १० हजार, छक्काको अतिरिक्त २० हजार दिने घोषणा गरेको थियो । यसैगरी बलिङतर्फ प्रत्येक डट बल बराबर १ हजार, मेडन ओभरमा १० हजार तथा एक विकेट बराबर २५ हजार नगद पुरस्कार दिने घोषणा गरेको थियो ।

सोही अनुसार सिंगापुर विरुद्धको खेलमा कप्तान रोहित कुमार पौडेलले ९५ हजार पुरस्कार राशी प्राप्त गर्ने भएका छन् । उनले २ चौका, २ छक्कासहित ३५ रनको योगदान गरेका थिए । यसैगरी अभिनास बोहराले ९४ हजार नगद पुरस्कार प्राप्त गर्ने भएका छन् । उनले बलिङतर्फ ३ विकेट, एक मेडन ओभर र ९ डट बल फाल्न सफल भए । गुलसन झाले २ विकेट र १२ डट बल फाले बापत ६३ हजार नगद राशी प्राप्त गर्ने भएका छन् । नेपालका स्टार खेलाडी लेक स्पिनर सन्दिप लामिछानेले ६२ हजार नगद राशी प्राप्त गर्ने भएका छन् । उनले टिमका लागि सबैभन्दा बढी १२ डटसहित २ विकेट लिन सफल भएका थिए । करन केसीले २ विकेटसहित ११ बल डट फाले बापत ६१ हजार नगद राशी प्राप्त गर्ने छन् भने आशिफ शेखले ६७ हजार प्राप्त गर्ने छन् । उनले ब्याटिङतर्फ २ चौका, १ छक्कासहित २७ रनको योगदान गरेका थिए ।

प्रतियोगितामा कुशल मल्लले ब्याटिङमा १ छक्का बापत २६ हजार नगद राशी प्राप्त गर्ने छन् । सिंगापुरले दिएको १४६ रनको लक्ष्य पक्ष्याउने क्रममा ओपनर कुशल भुर्तेल क्याच आउट भएपछि क्रिजमा आएका मल्लले १ बल खेल्दै छक्का प्रहार गरी टोलीलाई जित दर्ता गराएका थिए ।

नेपालले आईसीसी टी२० विश्वकप एसिया क्षेत्र छनोटमा सानदार विजयी सुरुवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले पाहुना टोली सिंगापुरलाई ८ विकेटले पराजित गरेको हो । सिंगापुरले दिएको १४६ रनको मध्यम लक्ष्य नेपालले १६.३ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो ।