एजेन्सी । इजरायल र हमास बीचको युद्धमा परेर एक नेपाली शान्ति सैनिक घाइते भएका छन् । इजरायल र हमासबीचको युद्ध रोक्न दक्षिणी लेवनानमा खटिएका संयुक्त राष्ट्रसंघमा कार्यरत ती नेपाली शान्ति सैनिक घाइते भएको लेबनानको आधिकारिक राष्ट्रिय समाचार संस्थालाई उद्धृत गर्दै अलजजिराले जनाएको छ ।
समाचारमा जनाइएअनुसार नेपाली शान्ति सैनिकको पेट र हातमा गोली लागेको छ । घाइते हुने नेपाली सैनिकको नाम र ठेगाना भने खुलाइएको छैन । उनको अवस्थामा भने सामान्य रहेको समाचारमा उल्लेख छ ।
संयुक्त राष्ट्र संघको अन्तरिम बल लेबनानका प्रवक्ता एन्ड्रिया टेनेन्टीले गोली लागेर एकजना नेपाली सैनिक सामान्य घाइते भएको जानकारी दिएका छन् । हमास नियन्त्रित क्षेत्र गाजा नजिकै भएको युद्धको क्रममा ती सैनिकलाई गोली लागेको समाचारमा उल्लेख छ ।
प्रतिक्रिया