बुटवल नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले ७० औं स्थापना दिवस मनाएको छ । रुपन्देहीको बुटवलमा तरुण दल क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ ले दिवसको अवसरमा खाद्यान्न बितरण गरेको छ ।
मानव सेवा आश्रम सुख्खानगरमा खाद्यान्न वितरण गरिएको हो । आश्रममा १० बोरा चामल, दाल, तेल, प्याज, आलु, चाउचाउ, चना, सोयाबिन, साबुन लगायत करीब ७० हजार रुपैया बराबरको सामग्री हस्तान्तरण गरिएको नेपाल तरुण दल क्षेत्र नं २ का सभापति हसन्त लामाले बताए ।
सो अवसरमा बोल्दै कांग्रेस नेतृ तथा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य जमुना ढकालले तरुण दल नेपाली कांग्रेसको खम्बा रहेको भन्दै बलियो बनेर राजनैतिक तथा सामाजिक काममा सक्रिय रहन आग्रह गरिन । उनले देशमा आउने हरेक परिवर्तनमा तरुण युवाहरुको योगदान रहेको भन्दै पार्टीलाइ बलियो बनाउन भूमिका खेल्न आग्रह गरिन ।
तरुण दलका पूर्व केन्द्रीय सचिव चिरञ्जीवी जोशीले तरुण दल बैचारिक रुपमा सुसज्जित थिङ्क टैंकका रुपमा अघि बढ्नुपर्ने बताए । उनले देशको ठूला राजनितिक दलप्रति आम नागरिकको दृष्टिकोण परिवर्तन गर्ने गरि अघि बढ्न सुझाव दिए । नेपाली काग्रेस पार्टी, क्षेत्र नं २ का सभापति प्रजापाल गिरिले तरुण र पार्टी बीचको सम्बन्ध थप सुमधुर बनाउनुपर्ने बेला आएको उल्लेख गरे ।
गिरिले हिजोको तरुणको ईतिहासप्रति गौरव गर्दै सुनौली भविष्य सोच्दै वर्तमानलाई उदाहरणीय कार्यलाई अघि बढाउन जरुरी रहेको उल्लेख गरे ।
सो अवसरमा तरुण दलका पूर्व जिल्ला सभापति चिरञ्जीवी पौडेल, तरुण दलका रुपन्देही सभापती सोम गुरुङ, उपसभापति प्रशान्त कोइराला, सचिव रमेश शाही, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य महेश पौडेल, नेविसंघ रुपन्देहीका सभापति सन्दिप पाण्डे, तरुण दल बुटवल नगर सभापति सुजन पुन, कृष्ण भण्डारी लगायतले संगठन कमजोर बनाउने गरि कुनै पनि काम गर्न नहुने उल्लेख गरे ।
प्रतिक्रिया