बुटवल । पाल्पाको तिनाउमा सामुदायिक वन समन्वय समितिका नयाँ कार्यसमितिकाे विषयगत एवम् संस्थागत अभिमुखीकरण सम्पन्न भएको छ । डिभिजन वन कार्यालय, पाल्पाका अधिकृत यमलाल पाेखरेलले वन ऐन, नियमावली, वन उद्यम र वन सम्बन्धि सहजीकरण गरेका थिए ।
साथै चरा विशेषज्ञ मित्र पाण्डेयले चरा र वन्यजन्तु र चाेपलाल गिरीले दाेभान कृषि बहुउद्देश्यीय सहकारीका बारेमा सहजीकरण गरेका थिए । त्यसै गरि १० गते संस्थाकाे पहिलाे बैठक समेत सम्पन्न भएकाे छ । बैठकले आर्थिक वर्ष २०८०/०८१ का लागि तयार भएका कार्यक्रमकाे कार्यविभाजन समेत गरेकाे छ ।
संस्थाका पूर्वअध्यक्षहरु अमर प्रधान, दाेलकराज कार्की, महेन्द्रप्रसाद पाण्डेय, चाेपलाल गिरी, राजेश श्रेष्ठ, पदमलाल शाक्यलाई सल्लाहकारमा मनाेनयन गरिएकाे संस्थाका सचिव दिनेश जीसीले बताए । बैठकमा डिभिजन वन कार्यालय,पाल्पाका डिभिजनल वन अधिकृत नारायणदेव भट्टराईले समन्वय समितिसँग आफूहरुले मिलेर काम गर्न ईच्छुक रहेकाे बताए । बैठक दलबहादुर गुरुङकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।
प्रतिक्रिया