ताजा अपडेट »

रुपन्देहीको तिलोत्तमामा दशैंको मौका छोपी एकसाथ ३ घरबाट गरगहँनासहित नगद चोरी

विहीबार, ०९ कार्तिक २०८०

बुटवल । रुपन्देहीको तिलोत्तमामा दशैंको समयमा एकसाथ ३ घरमा चोरी भएको छ । तिलोत्तमा-७ मा भलवारीमा कार्तिक ७ गते मँगलबार चोरीको घटना भएको ईलाका प्रहरी कार्यालय मँगलापुरले जनाएको छ ।

दशैको दिन साँझ ३ घरबाट ५ तोला बढी सुनका गरगहँना तथा नगद चोरी भएको प्रहरीले जनाएको छ । दशैमा टीका थाप्न आफन्तको घरमा गएको मौका छोपी स्थानीय अनिशा गुरुङको घरबाट ५ तोला र धालबहादुर श्रीसको घरबाट २५ लालको गरगहँना चोरी भएको हो । यसैगरी ओमबहादुर क्षेत्रीको घरबाट ३० हजार नगद चोरी भएको प्रहरीले जनाएको छ ।

रातको समयमा घरमा कोही नभएको मौका छोपी मूल गेट नाघेर भित्र प्रवेश गरि चोरी भएको ईलाका प्रहरी कार्यालय मँगलापुरका प्रहरी सहायक निरीक्षक लोकनाथ पाण्डेले जानकारी दिए । घटना बारे थप अनुसन्धान गरि चोरी गर्नेको खोजी कार्य जारी रहेको उनले बताए ।