ताजा अपडेट »

लोकदोहोरीमा जमेका अधिकारी

सोमबार, २० माघ २०७६

माघ २०,

सुरज घिमिरे / ग्लोबल आवाज

बुटवल । नेपाली लोकदोहोरी क्षेत्रमा केही वर्ष पहिला मात्र उदाएर छोटो समयमानै आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक हुन्, गणेश अधिकारी । २०४८ साल जेठ २० गते गुल्मीको इश्मा दर्लमचौरमा जन्मिएका उनी परिवारको जेठो छोरो हुन् । गाउँमै रहेको श्री ठाडुङ्गा मावी अध्ययन थालेका अधिकारीले एसएलसी उत्तिर्ण गरे । बाल्यकालदेखि गीत गाउन भनेपछी हुरुक्कै हुने अधिकारि गाउँमा हुने भजन कृत्तनदेखि विद्यालय तथा अन्य विभिन्न कार्यक्रमको आयोजनामा उपस्थित हुने गर्दथे । सानैबाट हौसला पाँउने अधिकारी धेरै ठाउँमा दोहोरी गाँउन पुग्दा पुरस्कारहरु पनि जित्न सफल हुन्थे ।

यसरी अगाडि बढ्दै जादाँ रुपन्देहीको बुटवल- ११, देवीनगरमा रहेको लुम्बिनी वाणिज्य क्याम्पसबाट प्लस टु उत्तिर्ण गरे । उनी अहिले पनि वाणिज्य क्याम्पस मै व्याच्लर अध्ययन्रत छन् । गीत संगीतको नशा चढ्दै जादा जिन्दगीमा एउटा गीत त अवश्य रेकर्ड गर्छु भन्ने अठोट ल्याएका अधिकारी वास्तवमा गीत–संगीतको माध्यमबाट सबैको मनमा बस्न सफल भए । आफ्नो सपना साकार पार्न औपचारिक रुपमा २०७२ सालबाट नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेका अधिकारी उक्त वर्षमै औपचारिक रुपमा आफ्नो पहिलो गीत ‘मार मलाई बरु’ भन्ने गित बजारमा ल्याएर औपचारिक रुपमा आफ्नो संगित र गायनको प्रारम्भ गरेका अधिकारिको उक्त गीत देवि घर्ती र अधिकारीको स्वर, पहिलो गीतनै आम दर्शक स्रोताले रुचाएपछि स्रोताको हौसलाबाट अहिलेसम्म क्रमिक रुपमा गीतहरु बजारमा आइरहेका छन । उनी लोकदोहोरी क्षेत्रमा आवद्ध गुल्मीका सम्पूूर्ण कलाकारहरूको अग्रज संस्था लोकदोहारी गित प्रतिष्ठान गुल्मीको जिल्ला सदस्य पदमा समेत कार्यरत छन् ।

लोकदोहोरी क्षेत्रलाई विशेष प्राथमिकतामा राखी विभिन्न कार्यक्रम, मेला महोत्सवहरूमा सहभागी हुन् थाले । आफुलाई अग्रज कलाकारहरू, ईष्टमित्र, साथीभाइहरू तथा घरपरिवारले दिएको प्रेरणा बाट नै आफु यो क्षेत्रमा लागि यहाँसम्म आउन सफल भएको उनी बताउँछन् । उनी आफ्नो जन्मथलो गुल्मीमै रहेर लोकदोहोरी क्षेत्रमा कार्यरत छन् । अधिकारी एक कुशल सञ्चारकर्मीको रुपमा पनि परिचित भएका छन । वर्तमान समयमा लोदोहोरीले खोजेको सर्जक अधिकारी छोटो समयमानै दर्शक, स्रोताको मन जित्न सफल सर्जक भएका हुन् । हालसम्म ५० बढी लोकदोहोरी गीतमा स्वर दिएका उनले ३०० बढी गितमा शब्द तथा लय सिर्जना गरेको बताउँछन् । उनी स्टेज कार्यक्रमका लागि देशका विभिन्न जिल्ला तथा विदेश समेत पुग्ने गरेका छन् । विभिन्न संघ संस्थामा आबद्ध रहेका उनी जोसँग पनि चाडै नै घुलमिल हुने सक्ने भएकोले उनलाई अगाडी बढ्न सहज तुल्याएको छ । लोकदोहोरी गित संगित नै आम्दानीको मुख्य पाटो भएको उनको भनाई छ ।

सुरु-सुरुमा गित संगितमा प्रवेश गर्दा म्यूजिक कम्पनीहरुले धैरे पैसा लिने गरेको उनी बताउँछन् । उनी गित संगित मात्र नभएर बैंकिङ क्षेत्रमा समेत आबद्ध रहेका छन् । गीतहरु रेकर्ड गर्न राजधानी पुग्नुुपर्ने समस्या रहेको बताउँदै समयको व्यवस्थापन गर्न मुस्कील भएको बताउँछन् । उनी भन्छन्, – गीतहरु रेकर्ड गर्न काठमाडौं पुग्नुपर्छ, यता अफिसको काम नि हेर्नुपर्यो, घरपरिवार साथीभाइलाई समय नदिँदा रिसाउँछन् । एकएक सेकेन्डको ख्याल गरी समयको व्यवस्थापन गरेको छु । दर्शक तथा श्रोताको माया, स्नेहाले यहाँसम्म पुगेको बताउँदै यही नै आफूूले कमाएको सम्पत्ति हो।’ ‘लोकदोहारी क्षेत्रमा लागेका कारण लाखौं स्रोताहरूले चिन्नुभएको छ, मलाई यो क्षेत्रमा हजारौ दर्शकमहानुभावहरूले मेरा गितहरू मनपराउनु भएको छ, यो नै हो मैले हालसम्म कमाएको सम्पति ।’ उनले भने ।

हालैे मात्रै अधिकारीको स्वर र लयमा लोकदोहोरी गीत 'बिजोग' एल्बम सार्वजनिक भएको छ । जुन गितमा प्रेम भण्डारीको शब्द रहेको छ । साथै चाँडैनै उनको 'पासपोर्स हरीयो' नामको गित सार्वजनिक हुने क्रममा छ । रहस्य, आशुको कारखाना, ए मायालु, हासि हासि मर्छु, पाइन तिम्रो हुन, गायक, दिन्छु मुटु काटेर, मेरो असल साथि, पिपलपाते ओठ तथा तिजका गीतहरुमा झिल्के नाच, काकरी झालैले, गाँजलु, पिडाको राजधानी, मेरो जिवन लगायतका १५० भन्दा बढि लोक दोहोरी गीतहरुमा कुनैमा शब्द कुनैमा लय तथा कुनैमा स्वर भरेका छन् ।

उनले सिजना गरेका गीतमा पछिल्लो समयको माग र न्यायिक स्वर भएकी गायिका विष्णु माझीको स्वर छ । संगीत जिवन हो । संगीतबाट हामिले मनोरञ्जन मात्र होइन अन्य धेरै विषयहरुको ज्ञान सहज रुपमा लिन सकिन्छ । मानिसको सुख दुखको सारथी हो । समग्रमा जिउने कला संगीत हो भन्ने अधिकारी चर्चित बन्न पुगेका छन ।