बुटवल । रुपन्देहीमा खोलामा डुबेर २ जनाको मृत्यु भएको छ भने एकजना वेपत्ता भएका छन् ।
जिल्लाको कोटहीमाई १, अमरजगंज स्थित दुई मुहान खोलामा दुर्गा भवानीो मुर्ती विसर्जन गर्न गएका हजारौं मध्ये खोलामा डुबेर वेपत्ता भएका ३ जना मध्ये २ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरिक्षक किशोर केसीले बताए ।
मृत्यु हुनेमा सोही गाउंका २४ वर्षीय अजय कुमार नाउ र १८ वर्षीय अजय भर रहेका छन् । वेपत्ता हुनेमा २ण् वर्षीय सन्त कुमार राजभर रहेको केसीले जानकारी दिए । उनको खोजी भइरहेको छ । विजया दशमीका दिन मंगलवार दिउंसो डेढ बजे गाउंका हजारौं मानिस मुर्ती विसर्जन गर्न खोलामा गएका थिए ।
प्रतिक्रिया