ताजा अपडेट »

पाल्पाको रम्भामा भ्यान दुर्घटना हुँदा ५ जना घाइते

सोमबार, ०६ कार्तिक २०८०
1 Shares

बुटवल । पाल्पा भ्यान दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । आज विहान करिव ५ बजे पाल्पा रम्भा गाउँपालिका वडा नं. ४ रानिबन रिगेरा घुम्ति स्थित आर्यभन्ज्याङ- रामपुर भित्री पक्कि सडक खण्डमा बिरकोटबाट रमईडाँडा तर्फ आउँदै गरेको लु १ ज ३९८३ नम्बरको भ्यान दुर्घटना भएको प्रहरीले जनाएको छ ।

चालक पाल्पा रम्भा ४ रमईडाँडाका २३ वर्षीय कृष्ण सारु, सोही ठाउकै २७ वर्षीय नरेन्द्र दर्लामी, २२ वर्षीय दिल बहादुर कुवर मगर, १९ वर्षीय मोहनसिंह दर्लामी र १८ वर्षीय सुरेश सारु रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए । घाइते मध्य चालक सारुको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको छ । उनीहरूलाई उपचारका लागि युनाईटेड मिशन अस्पताल पाल्पा पठाइएको प्रवक्ता चन्दले बताए ।

भ्यान बाटोबाट करिब २०० मिटर तल खसेको थियो हिजो साझ नै पाल्पाको रानीमहल सडक खण्ड अन्तर्गत बैकुन्ठ पहाडमा जीप दुर्घटनामा हुँदा ६ जनाकाे मृत्यु भएको थिए भने एक जना गम्भीर घाइते भएका छन् ।