बुटवल । पाल्पाको रानीमहल सडक खण्ड अन्तर्गत बैकुन्ठ पहाडमा जीप दुर्घटनामा परी ६ जनाकाे घटना स्थलमा मृत्यु हुनेको सनाखत भएको छ । मृत्यु हुनेमा नवलपरासी देबचुलीनगरपालिका १६ का अन्दाजी ५५ वर्षिया पार्वती लोहनी, ६५ वर्षिय कृष्ण लोहनी, ११ वर्षिय सविस लोहनी, ढाई वर्षिय इशव लोहनी, ३५ वर्षिया सविना धिताल, र लमजुङ्ग बेशीशहर २ की ५५ वर्षिया चुना धिताल जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
अन्दाजी साझ ५ बजे भएकाे दुर्घटनामा चालक ३६ वर्षिय ईश्वर लोहनीको तानसेन स्थित युनाईट मिशन अस्पतालमा उपचार भैरहेको छ । पर्यटकिय स्थल रानीघाट दरबार पुगेर फर्किएको बाग्मती प्रदेशको ०१—०२६ च — ७२०९ नम्बरको स्कारपियो जिप बैकुण्ठेभिरबाट खोलामा खसेको हो । जीप वैकुण्डे पहाडबाट तीन सय मीटर तल वराङ्दी खाेलामा खसेकाे हाे ।
रानीमहल घुम्नका लागि आएकाहरु दुर्घटनामा परेका हुन । रानीमहल घुमेर फर्कदै गर्दा उनीहरु सवार जीप व्रेक फेल भएर अनियन्त्रित भएर व्याक भएकाे थियाे । उद्धारमा कठिनाई भएको थियाे । तल खसेर जीप पानीमा डुवेकाे थियाे । प्रहरी र उद्दार टाेली घटना स्थल खाेलाबाट मृतक र घाईतेलाई निकालेका हुन ।
दुर्घटनामा चालक ३६ वर्षिय ईश्वर लोहनीको तानसेन स्थित युनाईट मिशन अस्पतालमा उपचार भैरहेको र उनकाे स्वास्थ्य अवस्था पनि गम्भीर छ । मृतक र घाईते सबैकाे टाउकाेमा गम्भीर चाेट लागेकाे छ । स्थानीय वासिन्दाका अनुसार रानीघाटबाट फर्कदै गर्दा वैकुण्ठेकाे उकालाे काट्नै लाग्दा तानसेन तर्फबाट माेटर साईकल र केही गाडीहरु झर्दै गर्दा साइड दिने क्रममा ब्रेक फेल भए पछि जीप अनियन्त्रित भई तल झरेकाे हाे । जीप खाेलामा पुग्दासम्म कही पनि पल्टी खाएकाे छैन । घाईते र मृतक सबै खाेलामै खसेका छन ।
प्रतिक्रिया