ताजा अपडेट »

राएला लुम्बिनी-२०२०, रोटरी युथ लिडरशिप अर्वाडको उपाधी चादनीलाई

सोमबार, २० माघ २०७६

माघ २०,

ग्लोबल आवाज

बुटवल । रोटरी युथ लिडरशिप अर्वाड राएला लुम्बिनी-२०२० को उपाधी बुटवलकी १३ वर्षीय चादनी बन्जाडे जितेकी छिन् । उनी बुटवलको दिप बोडिङ्ग स्कूलमा कक्षा ८ मा अध्ययनरत छिन् । प्रदेश ५ का बिभिन्न विद्यालयबाट सहभागिहरु मध्ये लुम्बिनी समूहका अरपित न्यौपाने, समूह रानिमहलकी ओजश्वी शर्मा, समूह देवदहकी अन्जना अर्याल, समूह जितगढीकी बर्षा न्यौपानेलाई फाइनलमा पछि पार्दै समूह तिलौराकोटकी बन्जाडेले वेष्ट राएलारियन अवार्ड जित्न सफल भएकी हुन् ।

उनलार्ई सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्की, रोटरी डिष्ट्रिक्टका नोमिनी प्रेसिडेन्ट सन्तोष रिजाल, रोटरी सैनामैनाका प्रेसिडेन्ट प्रेम कुमार शर्मा सागरले अवार्ड प्रदान गरेका थिए । बन्जाडे शनिबार भएको टयालेन्ट हन्ट प्रतियोगितामा पनि बेस्ट स्माइलबाट पुरस्कृत भएकी थिइन् । उनी इन्ट्रयाक्ट दिपको इन्टरनेशनल सर्भिस डाइरेक्टर समेत हुन् । साथै प्रतियोगितामा समूह लुम्बिनीका १४ वर्षीय अरपित न्यौपाने उपविजेता बन्न सफल भएका छन् । उनी एम्स बोडिङ्ग स्कुलमा कक्षा ८ मा अध्ययनरत छन भने इन्ट्रयाक्ट एम्सका इलेक्ट प्रेसिडेन्ट हुन् । सैनामैना नगरपालिका रामापुरस्थित श्री सिद्धार्थ मेमोरियल एकेडेमी स्कूलमा आइतबार भएको समापन समारोहमा ५७ जना राएला लुम्बिनी–२०२० बाट दिक्षित भएका छन् । कार्यक्रममा उत्कृष्ट कलचर डे्रसको उपाधि प्रथना थान्जु र सन्जु मिश्रले प्राप्त गरेका छन् ।

विभिन्न समूहरुलाई उत्कृष्ट विद्यामा पुरस्कृत समेत गरिएको छ । जसमा मस्ट भ्यालुएवल समूह तिलौराकोट, मस्ट भर्सटाइल समूह रानिमहल, मस्ट डिस्पिलन समूह देवदह, मस्ट पार्टीसिपेटेड समूह जितगढी, मस्ट क्रिएटिभ समूह लुम्बिनी बन्न सफल भएको रोटरी सैनामैनाका अध्यक्ष एवम् राएला लुम्बिनीका सहसंयोजक प्रेम कुमार शर्माले जानकारी दिए । प्रतियोसगतामा १३ बर्षभन्दा माथि र १८ बर्षसम्मका विभिन्न जिल्लाका विद्यार्थीहरुको सहभागिता रहेको थियो । माघ १७ गतेदेखी संचालन भएको ४ दिने राएला लुम्बिनीमा विभिन्न रोटरी, रोट्रयाक्ट, इन्ट्रयाक्ट क्लवका अध्यक्ष, सचिव र अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो ।