बुटवल । पर्वहरुको शुभकामना, सिद्धबाबा भाग-२ पुस्तकको समीक्षा एवम् स्थानीय धार्मिक संस्थाहरुको सञ्जाल गठन कार्यक्रम तिनाउको सिद्धबाबा मन्दिरमा सम्पन्न भएको छ । कार्यक्रममा सिद्धबाबा भाग-२ को समीक्षा गर्दै लेखक माधवकुमार पौडेल र पत्रकार अमृता अनमोलले सिद्धबाबा मन्दिरको ऐतिहासिकता, पर्यटकीय गन्तव्यका रुपमा पहिचान दिने गरि पुस्तक प्रकाशन भएको बताए ।
पुस्तकमा मन्दिरका गतिविधिहरु, भर्तृहरि र रामपिथेकसका बारेमा गहन खोज, अध्ययन र अनुसन्धान समेटिएका लेख, रचनाहरु सङ्ग्रहणीय रहेको छ । पुस्तक समीषको अवसरमा बोल्दै लुम्बिनी प्रदेशका सभामुख वसन्त घर्तिमगरले सिद्धबाबा मन्दिरलाई लुम्बिनीकै पशुपतिनाथका रुपमा विकास गर्दै धार्मिक पर्यटकीय गन्तव्यका रुपमा लैजानु पर्नेमा जोड दिए । तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, उपाध्यक्ष लालबहादुर थापा, महेन्द्रप्रसाद पाण्डेय, राजेश श्रेष्ठ, बिष्णुकुमारी घिमिरे, दमबहादुर कार्की, गोपाल बस्याल, अरविन्द पाण्डेय र सन्तोष शेरचन लगायतले सिद्धबाबा धार्मिक, सांस्कृतिक एवम् आर्थिक केन्द्रको रुपमा विकास हुँदै गएको बताए ।
पर्वहरुले सबैको हित गर्न सकोस् भनी सहभागीहरुले शुभकामना समेत प्रकट गरेका छन् ।
प्रतिक्रिया