ताजा अपडेट »

असनमा भारी बोक्ने काम गर्ने दुई जनाको मृत्यु

शुक्रबार, ०३ कार्तिक २०८०

काठमाडौँ । काठमाडौँको असन क्षेत्रबाट सिकिस्त अवस्थामा प्रहरीले उद्धार गरेका दुई भरियाको मृत्यु भएको छ।

महानगरीय प्रहरी वृत्त जनसेवाले शुक्रबार बिहान उनीहरुलाई उद्धार गरी अस्पताल पुर्‍याएको थियो। तर, उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो ।

जनसेवा वृत्त प्रमुख डिएसपी भेषराज रिजालका अनुसार मसान गल्ली र असन क्षेत्रमा ती दुई मजदुरलाई सिकिस्त अवस्थामा भेटिएका थिए। मृत्यु हुनेमा दोलखा कालिन्चोकका ५४ वर्षीय पूर्णबहादुर थामी र अन्दाजी ३५ वर्षका अर्का एक युवक रहेका छन् ।