ताजा अपडेट »

पोखरामा प्याराग्लाइडिङ विश्वकप

सोमबार, २० माघ २०७६

माघ २०,

पोखरा । पोखरामा प्याराग्लाइडिङ विश्वकप एशियन भ्रमण तथा १९ औं नेपाल खुल्ला प्याराग्लाइडिङ प्रतियोगिता हुने भएको छ । नेपाल हवाई खेलकूद संस्थाको आयोजनामा नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घ र नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको सहयोगमा प्रतियोगितामा हुन लागेको हो ।

प्रतियोगिता अगामी फागुन ११ देखि १७ गतेसम्म पोखरामा हुने आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । नेपालसहित, चीन, जापान, भारत, कोरिया, अमेरिका, बेलायत, स्वीजरल्याण्ड, फ्रान्स, जर्मनी, अष्ट्रेलिया, रसिया, इरान, भियतनाम, चाइनिज ताइपेइ, इन्डोनेसियालगायतका ३० देशका १२५ चालक सहभागी हुने आयोजकले बताएको छ ।पाइलटहरुले सराङकोटबाट उडान भरेर लेकसाईडस्थित खपौंदीमा अवतरण गर्नेछन् । एशियन भ्रमणबाट छनोट भएका खेलाडी ‘पोइन्ट’ र र्‘याङकिङ’का आधारमा सन् २०२१ मा हुने प्याराग्लाइडिङ वल्र्ड कपको सुपर फाइनलमा प्रवेश पाउने छन् ।