ताजा अपडेट »

उत्कृष्ट औद्यौगिक पत्रकारिता पुरस्कारबाट केसी सम्मानित

सोमबार, २९ असोज २०८०

बुटवल। रुपन्देही उद्योग संघले प्रदान गर्ने उत्कृष्ट औद्यौगिक पत्रकारिता पुरस्कारबाट पत्रकार शेरबहादुर केसी सम्मानित भएका छन् । संघको ४५ औं वार्षिक साधारणसभा तथा २३ औं अधिवेशनको अवसरमा सोमबार केसीलाई सम्मान गरिएको हो ।

पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र संघका अध्यक्ष माधव पौडेलले संयुक्त रुपमा खादा तथा प्रमाण-पत्रसहित केसीलाई सम्मान गरिएको थियो । सम्मानसहित ४५ हजार १५५ रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो । केसी नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष हुन् भने लुम्बिनी राष्ट्रिय दैनिक पत्रीकाको सम्पादक हुन् । 

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संघको अधिवेशन जारी रहेको छ । अधिवेशनले आगामी ३ वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्ने छ ।