ताजा अपडेट »

तिनाउमा गणेश सामुदायिक वनको १९ औं वार्षिक साधारणसभा सम्पन्न

आइतबार, २८ असोज २०८०

तिनाउ । पाल्पाको तिनाउ–२ मा रहेको गणेश सामुदायिक वन उपभोक्ता समूहले १९ औं वार्षिक साधारणसभा तथा उपभोक्ता भेला शनिबार सम्पन्न गरेको छ । सो अवसरमा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष लालकुमार श्रेष्ठले भावि योजना बारे प्रस्तुत गरेका थिए ।

यसैगरी कोषाध्यक्ष बिष्णुबहादुर थापाले गत आर्थिक वर्षको आर्थिक प्रतिवेदन र चालू आर्थिक वर्षको अनुमानित वजेट प्रस्तुत गरेका थिए । तिनाउ गाउँपालिकाका प्रवक्ता यादवप्रसाद अर्यालले गणेश सावउसको आम्दानीलाई वन ऐनमा उल्लेखित शीर्षकमा व्यवस्थित तरिकाले रकम खर्चिनु पर्नेमा जोड दिए । उनले गाउँको समग्र विकासमा समूहको योगदान तारिफ गर्न योग्य रहेको समेत बताए ।
उक्त सभामा दोभान मावि, व्यवस्थापन समितिका अध्यक्ष राजेश श्रेष्ठले गणेश समूहले शिक्षा क्षेत्रमा सक्दो सहयोग गर्नुपर्नेमा जोड दिए ।

सभामा समूहका पूर्वअध्यक्ष दमयन्ती थापा, पदमलाल शाक्य लगायतले वनप्रतिको निर्भरता घटाउँदै वनलाई महिला,आदिवासी तथा पछाडि पारिएका समुदायका हितमा प्रयोग गर्नुपर्नेमा जोड दिए । सभामा तिनाउ सवडिभिजन वन कार्यालय,दोभानका प्रतिनिधि नारायण घिमिरे, लक्ष्मी श्रेष्ठ, मिलीजुली सहकारी अध्यक्ष रवीन्द्र पौडेल लगायतले गणेश सावउसले पर्यापर्यटनमा समेत वजेट विनियोजन गर्न सुझाए ।