ताजा अपडेट »

बलात्कार आराेपमा दुईजना पक्राउ

आइतबार, २८ असोज २०८०

झापा । बलात्कार आराेपमा दुईजना पक्राउ परेका छन् । ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापाकाे मेचिनगर नगरपालिका-११ बाँसबारी टोल बस्ने २६ वर्षीय करण कवरलाई  प्रहरीले पक्राउ गरेको छ । करणले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटा महालक्ष्मी नगरपालिका-६ घर भई हाल झापा बिर्तामोड नगरपालिका-६ श्यालडाँगी बस्ने २७ वर्षीय प्रकाश तामाङलाई प्रहरीले पक्राउ गरेको छ । तामाङले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।