ताजा अपडेट »

वडा दशैको उपलक्ष्यमा राष्ट्रिय युवा संघ रुपन्देहीद्वारा चियापान

आइतबार, २८ असोज २०८०
2 Shares

बुटवल । राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीले हिन्दुहरुको महान चाड वडादशै, दिपाली तथा छठ पर्वको अवसरमा आइतबार चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा बोल्दै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मुलुकको राजनीतिक आन्दोलनलाई नेतृत्व गर्ने संगठन नै युवासंघ भएको उल्लेख गरे ।

पौडेलले मुलुकलाई सही दिशालमा डोर्याउनका लागि होस वा राजनीतिक परिवर्तनका विभिन्न आन्दोलनहरुमा युवासंघको बलिदान र त्यागलाई भुल्न नसकिने उल्लेख गरे । युवा संघले वडा दशै, दिपाली, छठ लगायतका पर्वहरुको अवसरमा चियापान कार्यक्रमको आयोजना गरी साम्प्रदायिक एकता र भावनालाई कदर गरेको बताए ।

कार्यक्रममा एमाले पोलिट व्युरो सदस्य लिला गिरी, प्रतिनिधिसभा सदस्य तथा एमाले केन्द्रीय कमिटी सदस्य बासुदेव घिमिरे, केन्द्रीय सदस्यहरु माधप्रसाद न्यौपाने, गोपा आचार्य, सावित्रादेवि अर्याल, एमाले लुम्बिनी प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । राष्ट्रिय युवा संघ रुपन्देहीका उपाध्यक्ष दिपक खड्गीको स्वागत तथा सचिव दिपेश कंडेलको सञ्चालनमा कार्यक्रम भएको थियो । शुभकामना आदानप्रदानसँगै राष्ट्रिय कलाकार बैकुण्ठ महतले विभिन्न जनवादी गीतसँगै मनोरञ्जन प्रदान गरेका थिए । सबै धर्म संस्कृतिको संरक्षण तथा आपसी सद्भाव कायम गर्नका लागि कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय युवा संघ रुपन्देही अध्यक्ष विकास बस्नेतले बताए ।