बुटवल । सिद्धबाबा मिष्ठान्न भण्डारले बुटवलको देवीनगरमा आफ्नो तेस्रो शाखा सञ्चालनमा ल्याएको छ ।
यसअघि बुटवलको गोलपार्क, सिद्धबाबा धाम र योगिकुटीमा तीनवटा शाखा संचालन गरिसकेको सिद्धबाबा मिष्ठान्न भण्डारले दशैको घटस्थापनाको अवसर पारी देवीनगरमा तेस्रो शाखा शुभारम्भ गरेको हो । संचालक लक्ष्मण पोखरलले स्थानी सेवाग्राहीको मागका आधारमा देवीनगरमा आफ्नो तेस्रो शाखा खोलिएको बताए । शाखा संचालनका लागि ५० लाख लगानी गरेको उल्लेख गर्दै उनले अन्य तीनबटा स्थानमा खोलिएका मिष्ठानभण्डारमा ५ करोडको लगानी रहेको बताए ।
उनले तीनवटा शाखामा ५० जनाले रोजगारी पाएको बताए । बुटवलमास्पेशल लड्डु र दुध मलाइका नामले परिचित सिद्धबाबाका तीनवटै शाखाबाट दैनिक ५० किलो मिठाइ र पाँच सय लिटरदुध खपत हुने गरेको अर्का संचालक पार्वति पोखरेलले बताइन् । मिठाइ उत्पादनका लागि छुट्टै उद्योग समेत संचालनमा रहेको बताउँदै सञ्चालक पोखरलेले चाडपर्वको समयमा ग्राहकका लागि विषेश छुट योजना समेत ल्याइने जानकारी दिए ।
मिष्ठान्न तथा क्याटरिङ ब्यवसायी संघका अध्यक्षसमेत रहेको संचालक पोखरलेले रुपन्देहीमा दुई सयको हाराहारीमा मिष्ठान्न ब्यवसायी रहेको जानकारी दिए ।
प्रतिक्रिया