बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले नेपाल अमेरिका पत्रकार संघ नेजाका अध्यक्ष सुरज भण्डारीलाई सम्मान गरेको छ । नेपाल पत्रकार महासंघ रुपन्देही शनिवार आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदानमा पत्रकार महासंघ रुपन्देहीका पूर्व सहसचिव भण्डारी रुपन्देहीबाटै पत्रकारितामा लागेर हाल अमेरिका स्थित पत्रकारहरुको संस्थाको अध्यक्ष भएकोमा सम्मान गरिएको हो ।
उनलाई महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले खादाले सम्मान गरेका हुन । भण्डारीले लामो समय बुटवलमा रहेर पत्रकरिता गरेका थिए । बुटवलबाट प्रकाशित हुने बुटवल टुडे दैनिकका संस्थापक सम्पादक समेत हुन् ।
प्रतिक्रिया