गुल्मी । गुल्मीको प्रशिद्ध धार्मिक क्षेत्र रेसुङ्गामा पहिलो पटक म्याराथन प्रतियोगिता भएको छ ।रेसुङ्गा नगरपालिकाले सञ्चालन गरेको ‘जाउ हिँड रेसुङ्गा’ अभियान अन्तर्गत आयोजित १० किलो मिटर पुरुष खुल्ला म्याराथन दौड प्रतियोगितामा मुसिकोट नगरपालिकाका धावक प्रथम भएका छ्न ।
गुल्मीसहित ६ जिल्लाका प्रतियोगीलाई पछि पार्दै मुसिकोट नगरपालिका–८ वामिका धावक भुवन खत्री प्रथम हुन सफल भएका हुन । तम्घास लाकुरिमन्चदेखि रेसुङ्गाको महादेवपोखरीसम्म १० किलो मिटर म्याराथन दौड खत्रीले ३५ मिनेट मै पार गरेका थिए । उनले नेपाली सेनाका धावकलाई पछाडि पारेका हुन । संग्राम शार्दुल गुल्म, धागिथुम ब्यारेकका शुक्र रोकाय दोस्रो र अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ का रोहित अधिकारी तृतीय भए । तम्घास खानीगाउँका ६१ वर्षीय प्रकाश भलामी र ५१ वर्षिय मोहन बहादुर थापाले सन्तवाना पुरस्कार प्राप्त गरेका थिए ।
बिजेताहरुलाई प्रमुख अतिथी रेसुङा नगरपालिकाका मेयर खिलध्वज पन्थीले नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरे । प्रतियोगितामा प्रथम पुरस्कार १५ हजार, द्वितीय पुरस्कार ८ हजार, तृतीय पुरस्कार ५ हजार तथा सान्त्वना २ जनालाई जनही २ हजार प्रदान गरिएको थियो ।
प्रतियोगितामा कास्की, पाल्पा, रुपन्देही, अर्घाखाँची, मुगु र गुल्मी लगायतका जिल्लाका प्रतियोगी सहभागी भएका थिए । पहिलो पटक रेसुङ्गामा म्याराथन दौडले प्रचार प्रसारमा टेवा पुग्ने प्रमुख जिल्ला टेकबहादुर केसीले बताए । जिल्ला खेल्कुद बिकास समितिका अध्यक्ष गीरीप्रसाद महाकिमले सहभागी प्रतियोगीलाई स्वागत गर्दै धन्यवाद दिएका थिए ।
प्रतिक्रिया