दाङ । रिपोर्टस क्लब अमेरिकाका अध्यक्ष किशन रेग्मीलाई दाङमा भब्य स्वागत एवम सम्मान गरिएको छ । नेपाल चलचित्र पत्रकार संघ दाङ शाखाले शनिवार तुलसीपुरमा अध्यक्ष रेग्मीलाई स्वागत तथा सम्मान गरेको हो । सञ्चार क्षेत्रमा क्रियाशिल रेग्मी लामो समयदेखि अमेरिकामा बस्दै आएका छन ।
करिव दश बर्ष पछि गृह जिल्ला दाङ आएका रेग्मीलाई दाङका सञ्चारकर्मिहरुले भब्य स्वागत समेत गरेका हुन । सो अबसरमा अध्यक्ष रेग्मीले दाङ शाखा अध्यक्ष शरद रेग्मीको समन्वय र सहयोगमा आफु अमेरिका शाखाको अध्यक्ष बन्न सफल भएको भन्दै उनको प्रशंसा समेत गरेका थिए ।
शाखा स्थापना गर्दा केन्द्रमा रिपोर्टस क्लबका अध्यक्ष ऋिषि धमला संग समन्वयात्मक भुमिका खेल्नुहुने शरद जि र बिजय रेग्मीलाई सम्झन चाहेको उनले बताए । अमेरिकामा क्रियाशिल पत्रकारहरुलाई समेटेर क्लबलाई स्थापित गर्न आफु लागिपरेको समेत रेग्मीले प्रष्ट पारेका थिए ।
सो अबसरमा नेपाल चलचित्र पत्रकार संघ दाङले नेपाल अमेरिका पत्रकार सघं (नेजा) का अध्यक्ष सुरज भण्डारी लाई पनि सम्मन गरेको छ । उनलााई प्रवासमा रहेर नेपाली पत्रकारीताको विकाशमा उल्लेखनिय भुमिका निभाएको भन्दै सम्मान गरिएको हो । कार्यक्रमा बोल्दै अध्यक्ष भण्डारीले विभिन्न विधामा रहेर जिल्लामा पत्रकारिता गरिरहँदा पत्रकारहरुको गरिमा बढेको बताए । उनले प्रवासमा रहेर पनि पत्रकारिता क्षेत्रलाई अगाडि बढाउन महत्वपुर्ण भुमिका खेलिरहेका आम पत्रकारहरुको क्षमता अभिबृद्दि र उनिहरुलाई स्थापित गर्न (नेजा)लागि परेको प्रतिबद्दता ब्यक्त गरे। भण्डारी बुटवल बाट प्रकासित हुने बुटवल टुडे दैनिक का संस्थापक सम्पदक समेत हुन ।
प्रतिक्रिया