घोराही । नेपाल पत्रकार महासंघ दाङले सनिवार घोराहीमा एक कार्यक्रम गरि नेपाल अमेरिका पत्रकार संघ नेजाका अध्यक्ष सुरज भण्डारी लाई सम्मन गरेको छ । नेपाल पत्रकार महासंघ दाङ साखा को आयोजना मा सम्पन्न सो कर्यक्रममा नेपाल अमेरिका पत्रकार संघ नेजाका अध्यक्ष भण्डारीसँग प्रवासमा रहेर नेपाली पत्रकारिता विषयमा छलफल समेत गरिएको थियो ।
कार्यक्रममा बोल्दै नेजाका अध्यक्ष भण्डारीले अमेरिकाको कानुनको परिधिमा रहि अमेरिकामा बसेर पत्रकारिता गर्न चुनौतिपुर्ण रहेको बताएका थिए । उनले सुचना प्रविधिको तिव्र विकासले गर्दा विश्वका हरेक विषयहरु मानिसको मुट्ठिमा आईसकेकाले पत्रकारले समाचारको विषयबस्तुमा बढी ध्यान दिन आवश्यक रहेको बताए । हामी भौगोलिक हिसबले टाढा रहेपनी नेपाली पत्रकरिताको विकास र हितका लागि निरन्तर सक्दो प्रयास जारी रख्ने बताए । भण्डारीले लामो समये बुटवलमा रहेर पत्रकरिता गरेका थिए । उनी बुटवल बाट प्रकासित हुने बुटवल टुडे दैनिक का संस्थापक सम्पदक समेत हुन ।
कार्यक्रममा रिपोटर्स क्लव अमेरिकाका अध्यक्ष किसन रेग्मीलाई पनि सम्मान गरिएको थियो । लामो समय दाङमा रहेर रेडियो पत्रकरिता गरेका रेग्मी बिगत १० बर्ष देखि अमेरिकामा छन । उनी चलचित्र पत्रकार संघ दाङ का संस्थापक अध्यक्ष समेत हुन । उनलाई नेपालमा कोभिडले आक्रन्त परेको समयमा नेपाल पत्रकार महासङ दाङ्ले स्थापना गरेको पत्रकार रहातकोस का लागि अमेरिकामा रहेर आर्थिक कोष स्तपनामा महत्वपुर्ण भुमिका निभाएको भन्दै सम्मन गरिएको हो ।
कार्यक्रममा प्रेस काउन्सीलका सदस्य शरद अधिकारी, पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष उदय जिएम, प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष सविन प्रियासन लगाएत ले मन्तब्य राखे। नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष बसुन्धरा गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव आरके शिलतले गरेका थिए ।
प्रतिक्रिया