बुटवल । रोटरी क्लवब अफ बुटबल डाउनटाउनले ज्ञानोदय आधारभुत विद्यालय पाल्पा रैनादवी छहरामा शैक्षिक सामग्री बितरण गरेको छ । सानो सहयोगले ठूलो राहत होस् भन्ने उद्देश्यले शैक्षिक सामग्री बितरण गरिएको कार्यक्रम संयोजक कमल नेपालले बताए ।
९९ जना विद्यार्थीलाई एक वर्ष पुग्ने कापी, ४३ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई पोशाक बितरण गरिएको हो । कार्यक्रममा बोल्दै रैनादेवी गाउपालिका वडा न ८ का अध्यक्ष रेमबहादुर रानाले रोटरी क्लव अफ बुटबल डाउन टाउनको सहयोगले विद्यार्थीको मनावेल बढ्ने बताए । रोटरी डिष्ट्रिक अफिसीयल तथा रोटरी क्लव अफ बुटबल डाउनटाउनका पूर्व अध्यक्ष रोटरीयन राजेन्द्र ढकाल, जीवन अधिकारीले रोटरी क्लवले गरिब दुखी, अनाथ असायहरुलाई बिगतदेखि सहयोग गदै आएको बताए ।
कार्यक्रममा रोटरी क्लव अफ डाउनटाउनका पूर्व अध्यक्ष टंक पराजुली, पिताम्वर ज्ञावाली, नरबहादुर श्रीस रोट्रयाक्ट क्लव अफ बुटबल डाउनटाउनका अध्यक्ष कृष्ण घिमिरे, रोट्रयाक्ट क्लव अफ बुटबल रामापिथेकसका नि-वर्तमान अध्यक्ष बिष्णु घिमिरे, ज्ञानोदय आधारभुत विद्यालयका प्रधानाध्यापक मिनाकुमारी रासकोटी लगायतले शुभकामना व्यक्त गरेका थिए ।
रोटरी क्लव अफ बुटबल डाउनटाउनका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक कमल नेपालको अध्यक्षता, सचिव प्रकाश पौडेलको सन्चालनमा कार्यक्रम भएको हो । क्लवले बक्तृत्वकला प्रतियोगितासमेत सम्पन्न गरेको थियो । उक्त प्रतियोगितामा करुणा राना प्रथम, शिवानी राना द्वितीय र पुनम सिञ्जालीले तृतीय स्थान हासिल गरेका थिए ।
प्रतिक्रिया