बुटवल । वेस्टर्न युनियन मनी ट्रान्सफरले नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ पर्वको शुभ अवसरमा जारी गरेको “दशैँमा दश गुणा”अभियानको पहिलो लक्की ड्र को नतिजा सार्वजनिक गरेको छ । योजनाको पहिलो हप्तामा वेस्टर्न युनियन मनी ट्रान्सफरबाट रेमिटेन्स प्राप्त गरेका ग्राहकहरुको मध्ये ८ जनाले रु २५ हजारसम्मको कारोबार रकममा दुई गुणा प्राप्त गरेका छन् ।
दुई गुणा रकम जित्नेमा निर्मला पुन मगर, अनुप खड्का, रुबी खातुन, राम प्रकाश यादव, सुसिला बस्याल न्यूपाने, देवरेन देवी, मनिका कुमारी चौधरी र सुदामा देवी मन्डल रहेका छन् । यस योजनामा सहभागी हुनका लागि, ग्राहकहरुले नेपालका सबै ७७ जिल्लाहरुमा फैलिएका वेस्टर्न युनियन मनी ट्रान्सफर सेवाका १५ हजार भन्दा बढी भुक्तानी काउन्टरहरु मध्ये कुनैबाट आफ्नो रेमिटेन्स प्राप्त गर्नुपर्नेछ । अभियान अवधिका प्रत्येक कारोबारहरु स्वत रुपमा साप्ताहिक र बम्पर ड्र को लागि समावेश हुनेछन । यो योजना नेपालभर असोज ८ गतेदेखि सुरु भइ मंसिर १० गतेसम्म लागू हुनेछ ।
यस योजना अन्तर्गत आठ हप्तासम्म ६४ भाग्यशाली ग्राहकहरुले रु २५ हजार सम्मको कारोबारमा दुई गुणा र सो भन्दा बढीको कारोबारमा रु २५ हजार पुरस्कार पाउनेछन् । यसका साथै बम्परमा भाग्यशाली ग्राहकले रु एक लाख सम्मको कारोबारमा दश गुणा प्राप्त गर्नेछन भने पचास हजार भन्दा कम कारोबारमा निश्चित पुरस्कार रु पाँच लाख प्राप्त गर्नेछन । यदि विजेताको कारोबार रकम रु १ लाख भन्दा बढी भएमा विजेताले निश्चित पुरस्कार रकम रु १० लाख प्राप्त गर्नेछन ।
नेपालकै पहिलो रेमिट्यान्स सेवा प्रदायक वेस्टर्न युनियन मनी ट्रान्सफर २७ वर्षभन्दा बढी समयदेखि नेपालीहरु लाई २०० भन्दा बढी देश र क्षेत्रहरुबाट पैसा प्राप्त गर्ने सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया