ताजा अपडेट »

सडक किनारका छतिवन बारे नकारात्मक अफवाह फैलाइएको छ : तिलोत्तमा नगरपालिका

मंगलबार, २३ असोज २०८०

बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत सडक सौन्दर्यकरणका लागि बुटवल–भैरहवा सडकमा लगाइएका छतिवन जातका बोटमाथि नकारात्मक भ्रम फैलाइएको बताउँदै तिलोत्तमा नगरपालिकाले सचेत गराएको छ । नगरपालिका अन्तरगत सिक्स लेन सडक, बुद्धपरिपथ सडक लगायतको क्षेत्रमा लगाइएका छतिवन बोटको बारेमा ‘विभिन्न विज्ञहरुको भनाई’ भन्दै नकारात्मक अफवाह फैलाइएको भनि नगरपालिकाले ध्यानाकर्षण गराएको हो ।

नगरपालिकाले मँगलबार एक विज्ञप्ती जारी गर्दै अनावश्यक अफवाह फैलाइएको र सडक किनारमा रहेका बोटहरु आफूखुसी काट्ने वा हटाउने गरिएको पाइएमा आश्वयक कानूनी कारबाही गरिने चेतावनी दिएको छ । नगरपालिकाले उक्त बोटहरु सडक सौन्दर्यकरणका लागि राखिएको र विभिन्न व्यक्तिबाट फाइलाइएको अफवाह गलत भएको जनाएको छ ।