ताजा अपडेट »

सुन्धाराको गेस्ट हाउसमा युवती मृत फेला

मंगलबार, २३ असोज २०८०

काठमाडौं । काठमाडौंको सुन्धारास्थित एक गेष्ट हाउसमा युवती मृत फेला परेकी छन् । 

सुन्धरास्थित श्री गुरु गेस्ट हाउसमा ललितपुर इमाडोलकी २० वर्षीया भूमिका राउत मृत फेला परेकी प्रहरीले जनाएको छ । 

उनको शवसँगै विषादीको बट्टासमेत फेला परेको छ । राउतको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।