बुटवल । तिलोत्तमा नगरपालिकाले इजरायलमा रहेका तिलोत्तमाबासीहरूलाई समस्या परे सम्पर्क गर्न अनुरोध गरेको छ । तिलोत्तमा नगरपालिकाका प्रमुख राम कृष्ण खाणले एक विज्ञप्ति जारी गरि इजरायलमा रहेका सम्पूर्ण नेपालीहरुलाई सजगता र संयमता अपनाउन र नेपाली दूतावाससँग सम्पर्कमा रहनुहुनका साथै तिलोत्तमा नगरपालिका अन्तर्गत बसोबास गर्ने नेपाली नागरिक ईजरायल देशभर कुनै क्षेत्रमा रहेको भएमा सम्पर्क गर्न आग्रह गरेका हुन् ।
'कठिन परिस्थितिमा इजरायलमा रहेका सम्पूर्ण नेपालीहरुलाई सजगता र संयमता अपनाउन र नेपाली दूतावाससँग सम्पर्कमा रहनुहुनका साथै तिलोत्तमा नगरपालिका अन्तर्गत बसोबास गर्ने नेपाली नागरिक ईजरायल देशभर कुनै क्षेत्रमा रहनु भएको भएमा तिलोत्तमा नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु तथा निम्न व्यक्तिहरुलाई सम्पर्क गर्नुहुन वा जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा जानकारी गर्नु/गराउनुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।'- विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया