बुटवल । बुटवल उद्योग बाणिज्य संघको २५ औं अधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि आज सोमबार मतदान हुँदै छ । बिहान ९ बजेबाट सांझ ५ बजेसम्म मतदान हुने प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी दिए । संघको कार्यालय परिसरमा हुने मतदानमा भाग लिन सदस्यहरुलाई संघले प्रदान गरेको परिचय पत्र वा नेपाल सरकारबाट जारी भएको फोटो सहितको परिचयपत्र अनिवार्य लिएर आउन निर्वाचन समितिले अनुरोध गरेको छ ।
अधिवेशनबाट आगामी कार्यकालको नेतृत्व लिनको लागि अध्यक्ष पदमा दिनेशप्रसाद श्रेष्ठ र हरिप्रसाद अर्याल नेतृत्वमा प्यानल बनाएर उम्मेदवारी परेको छ ।
वरिष्ठ उपाध्यक्ष र वाणिज्य उपाध्यक्ष पदमा भने श्रेष्ठ प्यानलबाट एकल उम्मेदवारी परेपछि निर्विरोध भएको छ । एकल उम्मेदवारी परेपछि वरिष्ठ उपाध्यक्ष पदमा टंकप्रसाद गैरे र वाणिज्य उपाध्यक्ष पदमा विमलराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् । गैरे र भट्टराई दुबैलाई अर्याल प्यानले समेत समर्थन गरेको थियो ।
त्यस्तै उद्योग उपाध्यक्ष पदमा नविनप्रसाद श्रेष्ठ र सुरज भट्टराई, महासचिव पदमा बाबुराम विक र मुक्तिप्रसाद अधिकारी, कोषाध्यक्ष पदमा बसन्तप्रसाद ढकाल र प्रकाशकुमार श्रेष्ठ, सचिव पदमा भेषराज गैरे र प्रतिक पोखरेल तथा सहकोषाध्यक्ष पदमा धनकुमारी खनाल सविता र जाकिर हुसेनको उम्मेदवारी परेको छ । एक एशोसियट सदस्य पदमा दुई जनाको उम्मेदवारी परेको छ । एशोसियट सदस्य पदमा बालकृष्ण पौडेल र राजु खरेलको उम्मेदवारी परेको छ ।
त्यसैगरी ४ उद्योग सदस्य पदमा ८ जनाको उम्मेदवारी परेको छ । उद्योग सदस्य पदमा दीपकप्रसाद चापागाई, ज्ञानबहादुर पुन, कृष्णप्रसाद पाण्डे, नेत्रप्रसाद पाण्डे, निर्मित कसजू, सुनिता शर्मा बञ्जाडे, सुमोदमान सैंजू र सुर्य पराजुलीको उम्मेद्वारी परेको छ । ४ वाणिज्य सदस्य पदमा पनि ८ जनाको उम्मेदवारी परेको छ । वाणिज्य सदस्य पदमा गणेशप्रसाद भट्टराई, काशिराम शर्मा पौडेल, कृष्णप्रसाद श्रेष्ठ ९कुलप्रसाद०, लोकनाथ पाण्डे, रामबहादुर भण्डारी, टिकाराम बञ्जाडे, त्रिबिक्रम श्रेष्ठ र सतिष कसौधनको उम्मेदवारी परेको छ ।
७ खुल्ला सदस्य पदमा १४ जनाको उम्मेदवारी परेको छ । खुल्ला सदस्य पदमा विष्णु घिमिरे पन्त (कमला), विष्णुप्रसाद पौडेल, विनय कसौधन, दीपक घिमिरे, दीप आचार्य, इञ्जल महमद मिया अञ्जिल, जगन्नाथ न्यौपाने, लक्ष्मण ज्ञवाली, नारायणप्रसाद श्रेष्ठ, नारायण रायमाझी, प्रदिप शाक्य, माधवप्रसाद भुसाल, सवर मिया र उमेश अमात्यको उम्मेदवारी परेको छ ।
२ महिला सदस्य पदमा ४ जनाको उम्मेदवारी परेको छ । महिला सदस्य पदमा जमुना पौडेल, नमकला वेलवासे शारदा, रेनु श्रेष्ठ र सुनिता गिरीको उम्मेदवारी परेको छ ।
प्रतिक्रिया