वुटवल । बुटवल उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि दिनेशकुमार श्रेष्ठको प्यानलबाट वुटवलका सफल व्यवसायी श्रीराम गुल्मेली सुन चाँदी पसलका संचालक बाबुराम विकले संघको महासचिवमा उम्मेदवारी दिएका छन्।
दुई दशक भन्दा लामो समय निरन्तर उद्योग व्यवसाय गरी चार पटक कार्यसमिति सदस्यमा रहेर काम गरेका अनुभवी विक यस पटक महासचिव पदमा उम्मेदवारी दिएका हुन् । विकले आफु सधै उद्योगि ब्यवसायीको अधिकार र समस्या समाधानका निम्ती निरन्तर लागेको र आगामी दिनमा पनि लागिरहने वाचा गर्दे निर्वाचनमा उद्योगी व्यवसायीहरुको साथ र समर्थनको अपेक्षा गर्दै मन वचन र कर्मले सहयोग गरी भारी मतले महासचिव पदमा विजयी गराउन आग्रह गरे ।
संघको नयाँ नेतृत्व चयनका लागि यही असोज २२ गते हुने निर्वाचनमा हरिप्रसाद अर्याल र दिनेशकुमार श्रेष्ठबीच प्रतिस्पर्धा छन् । श्रेष्ठको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा टंक प्रसाद गैरे, उद्योग उपाध्यक्षमा नवीन प्रसाद श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा विमलराज भट्टराई, महासचिवमा बाबुराम विकले उम्मेदवारी घोषणा गर्नु भएको छ । चुनावी सरगर्मी बढेसँगै यस पटकको अधिवेशनलाई विशेष महत्वका साथ हेरिएको छ ।
प्रतिक्रिया