बुटवल । बुटवल कलिकानगरमा प्रधान कार्यलय रहेकाे लालटिन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ८ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएकाे छ ।
साधारणसभा सभामा बाेल्दै सहकारीका अध्यक्ष गंगालाल सापकाेटाले साधारणसभा काेअवसरम आगामि दिनमा अझ व्यवस्थित रुपमा सञ्चालन गरिने बताए । सहकारी पसल सञ्चालन गरेकाे सहकारीले अन्य स्थानमा बारबार फेल भएकाे पसललाई आधुनिक र नमुनाकाे रुपमा सञ्चालन गरिएकाे र अझै व्यवस्थित रुपमा संचालन गरिने बताए । सहकारी प्रति कुनै पनि बितृष्णा नभएकाे भन्दै उनले सहकारीले छाटाे समयमा नै ब्याज आम्दानीमा ३० प्रतिशत बृद्धि भएकाे बताए । उनले पसलकाे बिक्रीमा २३ प्रतिशत बृद्धि गर्न सहकारी सफल भएकाे बताए।
साधारणसभामा सहकारी बैक बुटवलका व्यवस्थापक नारायण बेल्बासे, सहकारीका जेष्ठ सदस्य गाेबिन्द बहादुर कार्कि, सल्लाहकार लाेकराज भुषााल, पुर्व सल्लाहकार सुमन अधिकारीलगायतले बाेलेका थिए।सहकारी मा २ हजार ५ सय ७७ जना सदस्य रहेका छन भने सहकारीले ब्याज बाट कुल ३ कराेड १० लाख २८ हजार २०२ आम्दानी गरेकाे अध्यक्ष सापकोटाले बताए । यस्तै कुल बचत १५ कराेड ६ लाख ५४ हजा ८४०, पसलकाे कुल बिक्रि ५ कराेड ६२ लाख ५१ हजार ५५ र सहकारीले खुद नाफा ८३ लाख ५७ हजार १ सय १३ हासिल गर्न सफल भएकाे उनले बताए ।
प्रतिक्रिया