ताजा अपडेट »

जुवातास खेलिरहेको अवस्थामा तीनजना पक्राउ

शुक्रबार, १९ असोज २०८०

सुनसरी।  इटहरी उपमहानगरपालिका-६ सेन्टर प्लाजास्थित बरण्डा होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-५ बस्ने ४० वर्षीय दिपेन्द्र कार्की समेत ३ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

 विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४९ हजार ५ सय ९० रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।