ताजा अपडेट »

रुपन्देहीको कञ्चनमा सहकारीमा चोरी, सबुत लुकाउन सिसि क्यामेराको मेमोरी डिभाइसनै गायव

विहीबार, १८ असोज २०८०

बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिकामा रहेको धरोहर बचत तथा ऋण सहकारी संथा लिमिटेडमा गएराती रोची भएको छ । कार्यालयको च्यानल गेटको ताला फोडेर दराजमा रहेको लकर खोली २ लाख ५० हजार ५ सय रुपैया चोरी भएको ईलाका प्रहरी कार्यालय रुद्रपुरले जनाएको छ ।

कार्यलय सहयोगी बुद्धीकुमारी बुचाले कार्यालयमा आउँदा च्यानलगेटको चाबी भने पहिलेकै अवस्थामा भेटेको बताइन् । तर, ताल्चा खोलेर भित्र प्रवेश गरेपछि व्यवस्थापन कक्षमा दराज खुल्ला देखेपछि चोरी भएको आशंकामा ब्यवस्थापक संगिता गौतमलाई जानकारी गराएकी थिइन् । घटना बारे जानकारी लगत्तै पुगेको ईलाका प्रहरी कार्यालय रुन्द्रपुरको टोलीले चेकजाँच गर्ने क्रममा रकम चोरी भएको थाहा भएको हो । घटना बारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

सहकारीमा सुरक्षाका लागि जडान गरिएको ८ वटा सिसि टिभी क्यामेराको मेमोरी डिभाइस समेत गायव भएको प्रहरीले जनाएको छ । चोरी गर्न आउनेले सबुत लुकाउनका लागि मेमोरी डिभाइस पनि लगेको हुन सक्ने प्रहरी अनुमान छ ।

घटनाको प्रकृति हेर्दा दराज कुनै बस्तुले हानेर टोडिएको जस्तो देखिएपनि त्यसभित्रको लकर भने चाबी नै प्रयोग गरी खोलिएको जस्तो देखिने घटनाका प्रत्येक्ष दर्शी एक स्थानीयले बताए । यसैगरी च्यानल गेटको ताला समेत टोडेर भित्र प्रवेश गरेपछि निस्किने बेलामा पहिलेकै अवस्था जस्तो हुने गरी राखिएको थियो ।

कञ्चन गाउँपालिका भित्रकै ठूलो सहकारीको रुपमा परिचित उक्त सहकारी दुई वर्षअघि परिपक्क, सानोतिनो र धरोहर बचत तथा ऋण सहकारी मर्ज भई एकीकृत कारोबार गर्दै आएका थिए ।