ताजा अपडेट »

ए डिभिजन लिग : पहिलो खेलमा थ्री स्टार क्लब बिजयी

शनिबार, १८ माघ २०७६

माघ १८,

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आजको पहिलो खेलमा थ्री स्टार क्लब बिजयी भएको छ । त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा भएको खेलमा थी्र स्टारले सरस्वती युथ क्लबलाई ४–० गोल अन्तरले पराजीत गरेको हो ।

स्टारको जितमा सन्जोग राईले ह्याट्रिक गरेका थिए भने लाल राम्मव्राले पनि एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएता पनि सरस्वतीले दोस्रो हाफमा चार गोल खान पुगेको थियो । थ्रीस्टारका सन्जोग राई अहिले चलिरहेको लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी समेत बनेका छन् । प्रतियोगिताको आजको दोस्रो खेलमा सशस्त्र प्रहरीको एपीएफ र मछिन्द्र क्लब खेल्दैछन् ।