नयाँदिल्ली । भारतीय प्रवर्तन निदेशालय (ईडी)को टोलीले आम आदमी पार्टी (आप)का सांसद सञ्जय सिंहको घरमा छापा मारेको छ । बुधबार बिहानै सात बजे इडिको टोली सांसद सिंहको निवासमा पुग्यो, जहाँ एक घण्टाभन्दा बढी समयसम्म छापा मारिएको थियो। यसबारेमा आम आदमी पार्टीका सांसद आफैंले पत्रकारलाई जानकारी दिएका छन् ।
यस वर्षको मे महिनाको सुरुमा पनि ईडीले सांसद सञ्जय सिंहको घरमा छापा मारेको थियो। त्यतिबेला उनका सहकर्मीको घर र कार्यालयमा खानतलाली गरिएको थियो । सञ्जय सिंहले लगातार ईडी र सीबीआईलाई घेराउ गरेका छन्। उनले केन्द्र सरकारले केन्द्रीय अनुसन्धान एजेन्सीमार्फत विपक्षी नेताहरुलाई धम्की दिन खोजेको आरोप लगाउँदै आएका छन् ।
दिल्ली मदिरा प्रकरण मुद्दामा दिल्लीमा आप सांसद सिंहको निवासमा छापा मारिएको जनाईएको । मदिरा घोटाला प्रकरणमा इडीमार्फत दायर गरिएको चार्जशीटमा संजय सिंहको नाम तीन ठाउँमा देखिएको छ । यद्धपी, ईडीले यस विषयमा पहिले नै सफाई गरिसकेको छ।
दिल्ली रक्सी घोटालामा पूर्व उपमुख्यमन्त्री मनिष सिसोदिया यसअघि नै जेलमा छन् । यस्तो अवस्थामा अहिले सञ्जय सिंह ईडीको रडारमा रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
प्रतिक्रिया