बुटवल । बुटवल उपमहानगरपालिकामा कार्यालयका बडामा कार्यरत कर्मचारीहरु सम्मेलित अनलाइन प्रणालीमा आधारित राजस्व व्यवस्थापन तालिम सम्पन्न भएको छ ।
चालु आर्थिक वर्ष २०८०८१ देखि स्थानीय तहहरुको अनलाइन राजस्व व्यवस्थापन सम्बन्धी कामकाजलाई छिटो, छरितो, पारर्दशी र बैज्ञानिक ढंगले कार्य सम्पादक गर्न नेपाल सरकार अर्थ मन्त्रालयबाट निर्माण गरि लागू गरिएको संचित कोष व्यवस्थापन प्रणाली शुत्रमा अनलाइन प्रणाली मार्फत राजस्व संकलन गर्न बडा कार्यालयमा कार्यरत कर्मचारीहरूलाई राजस्व सम्बन्धि एकदिने अभिमुखिकरण तालिम संचालन गरिएको थियो ।
बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यता तथा बुटवल उपमहानगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालको अध्यक्षता सम्पन्न भएको सो अभिमुखिकरण कार्यक्रमको सहजिकरण आर्थिक प्रशासन शाखाका प्रमुख लेखनाथ पोखरेलले गरेका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेले राजश्व परिचालनलाइ बिशेष महत्व दिदैँ स्थानीय तहहरु अब संघ र प्रदेशको अनुदानमा मात्रै भर नपरी आफ्नो आन्तरिक आय बृद्धि गर्न अग्रसर हुनु पर्ने बताए । उनले करको दर भन्दा पनि दायर बढाउदै बुटवलले आफ्नो समृद्धिको यात्रा तय गर्नु पर्ने बताए ।
उक्त तालिम कार्यक्रममा बुटवल उपमहानगरपालिकाका १ देखि १९ वडा सचिव र राजश्व व्यवस्थापनमा खटिएका कर्मचारीहरुको सहभागिता रहेको थियो । सो तालिम कार्यक्रमको संचालन कम्प्युटर अपरेटर रेश्मीराज धिमिरेले गरेका थिए ।
प्रतिक्रिया