ताजा अपडेट »

‘गाउँलाई पशुपालन पकेट क्षेत्र बनाउने योजनामा तिनाउ’

शनिबार, १८ माघ २०७६

माघ १८,

ग्लोबल आवाज

बुटवल । पाल्पाको तिनाउँ गाउँपालिकामा बन्ने १ करोड ५० लाखको लागतको पशु सेवा कार्यालयको शिलन्याश गरिएको छ । नेपाल सरकार कृषि तथा पशुमन्छी विकास मन्त्रालय नेपाल लाईभस्टक सेक्टरको आर्थिक सहयोगमा वडा नम्बर २ दोभानमा कार्याल भवन निर्माणका लागि शुक्रबार शिलन्यास गरिएको हो । सो अवसरमा बोल्दै पालिका अध्यक्ष ओमबहादुर घर्तिमगरले तिनाउलाई पशुपालन पकेट क्षेत्रका रुपमा विकास गर्ने लक्ष्य रहेको बताए ।

आगामी असार मसान्तसम्म भवन निर्माण भैसक्ने अध्यक्ष घर्तिले जानकारी दिए । गाउँपालिकामा पशुपालनका लागि उपयुक्त वातावरण र राम्रो सम्भावना रहेको कुरा उल्लेख गर्दै उनले आर्थिक वर्ष २०७६÷७७ देखि हेफर ईन्टरनेश्नल संस्थासँग साझेदारी गरी बाख्रा पालन व्यवसायलाई प्रोत्साहन तथा क्षमता विकासका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी गराए । गाउँपालिकामा २५ बढी गाई फार्म तथा अत्याधिक रुपमा बाख्रा पालन हुने गरेको उनले बताए ।

पशु कार्यालयको भवन शिलन्यासका अवसरमा आयोजित कार्यक्रममा तिनाउ गाउँपालिका प्रवक्ता तथा वडा नम्बर २ अध्यक्ष राजेश श्रेष्ठ, नेकपाका चक्रव्यूह थापा, नेपाली कांग्रेसका पदम शाक्य, गाउँपालिका निमिक्त प्रमुख प्रशासकिय अधिकृत यादव अर्याल, पशु तथा कृषि शाखा प्रमुख हेमन्त शर्मा लगाएतले बोलेका थिए ।