ताजा अपडेट »

रुपन्देहीको बेलहिया नाकाबाट १० लाख भारुसहित तीन जना पक्राउ

सोमबार, १५ असोज २०८०

बुटवल । रुपन्देहीको बेलहिया नाकाबाट १० लाख भारुसहित तीन जना पक्राउ गरेको छ। १० लाख भारतीय रुपैयाँसहित तीन जना भारतीय नागरिकलाई सशस्त्र प्रहरी बल नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी) डण्डाको टोलीले पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल नं. २७ गणका अनुसार गए राति ९ बजे भारतबाट नेपालतर्फ आउँदै गरेका तीन भारतीयको साथबाट बिओपी चेक पोस्ट अगाडिबाट चेक जाँच का क्रममा उक्त अवैध १० लाख भारु बरामद भएको हो । सशस्त्र प्रहरीले तीन जना मध्ये एक जनाको साथबाट ९ लाख भारु र अन्य दुई जनाको साथबाट ५०/५० हजार बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं २७ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दीपक थापाले बताए । बरामद गरिएको सबै ५ सय भारु नोट रहेको सशस्त्र प्रहरीले जनाएको छ।