ताजा अपडेट »

राष्ट्रसंघ र चीन भ्रमण फलदायी र सफल भयो : प्रधानमन्त्री प्रचण्ड

आइतबार, १४ असोज २०८०
1 Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उत्तरी छिमेकी चीन र संयुक्त राष्ट्रसंघको भ्रमण सफल र फलदायी भएको बताएका छन्।

भ्रमणबारे सदनलाई जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले समग्रमा दुवै भ्रमण सफल भएको बताएका हुन् ।

‘चीनको भ्रमणले झण्डै चार वर्ष लामो नेतृत्व तहबाट एक अर्को मुलुकमा भ्रमण नभएको स्थितिको अन्त्य गरेको छ । उच्चस्तरमा भएको द्विपक्षीय वार्ताबाट छिमेकीहरूका संवेदनशील विषयहरूमा नेपालले पालना गर्दै आएको नीतिको पुर्नपुष्टि भएको छ, राजनीतिक तहमा विश्वासको वातावरण बनेको छ ।’ उनले भने ।

उनले संयुक्त राष्ट्रसंघको महासभामा आफुले देखिने गरी र सुनिने गरी नेपालकोतर्फबाट आवाज उठाएको बताए। दाहालले नेपालको शान्ति प्रक्रियामा पनि अन्तर्राष्ट्रिय समुदायको सद्भाव खोजेको पनि बताएका छन्।