ताजा अपडेट »

गुल्मी अस्पतालमा सेवा लिने ७० प्रतिशत महिला

आइतबार, १४ असोज २०८०

गुल्मी। गुल्मी अस्पतालमा स्वास्थ्य लिनेहरुमा ७० प्रतिशत महिला र जम्मा ३० प्रतिशत पुरुष रहेको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष ०७९/०८० को वार्षिक समिक्षा गोष्ठिमा अस्पतालका निमित्त मेसु डाक्टर सोफिया थापाद्वारा प्रस्तुत प्रतिवेदनमा सो उल्लेख गरिएको छ ।

गत आर्थिक वर्षमा त्यस अस्पतालमा १ हजार ४८५ जना महिला बेड भर्ना भई उपचार लिएर डिस्चार्ज भएका थिए भने पुरुष जम्मा ६५९ जना डिस्चार्ज भएका थिए । यो संख्याले महिला ७० प्रतिशत र पुरुष ३० प्रतिशत हुने डाक्टर थापाले जानकारी दिईन । ती महिलाहरू मध्ये १४ बर्षमुनीका २ सय जना भर्ना भएका थिए । १५ देखि ४९ वर्ष सम्मका ९६८ जना , ५० देखि ५९ वर्ष उमेरका ५५ जना र ६० वर्ष माथीका २६२ जना भर्ना भएका थिए ।

त्यस्तै सोही उमेर समुहका पुरुष क्रमशः २६९ , १४१ , ४० र १८० जना भर्ना भएका थिए । त्यस्तै आर्थिक वर्ष २०७८÷०७९ मा कुल ६७ हजार ९७९ जनाले ओपिडी सेवा लिएकोमा ७० प्रतिशत कै हाराहारीमा महिलाको संख्या थियो ।
पछिल्लो तीन वर्षको तुलनामा ओपिडी सेवा लिनेको संख्या झण्डै दोब्बर हो ।

जबकी आर्थिक वर्ष ०७७/०७८ मा ३५ हजार ६५ जनाले र दोश्रो वर्ष ५७ हजार २६८ जनाले ओपिडी सेवा लिएका थिए । त्यस्तै आर्थिक वर्ष ०७७/७८ मा ७७० जना महिलाहरुले अस्पताल प्रस्तुति सेवा सेवा लिएका थिए भने आर्थिक वर्ष ०७८÷ ०७९ मा ७९४ जनाले र गत आर्थिक वर्षमा ६७४ जना महिलाले उक्त सेवा लिएका थिए ।

गत वर्ष ती मध्ये ४७५ जना नर्मल डेलिभरी भएका थिए । मध्येम २४ जना , घरमा जटिल्ता भई अस्पतालको उपचार लिई १८ जना र जटिल प्रकारको सल्यक्रिया गरि १५७ जना महिलाहरु सुत्केरी भएका थिए । त्यस्तै आर्थिक वर्ष ०७८÷०७९ मा भिआईएबाट परिक्षण गर्दा २९ जना महिकाको पाठेघरको मुखको क्यान्सर पत्ता लागेको थियो । गत आर्थिक वर्षमा ५५ जनको पत्ता लगेकोमा ती दुई बर्षमा तीन तीन जनामा । पोजेटिप देखा परेको थियो ।

त्यस्तै गत बर्ष १० जना महिलामा आङ्ग खस्ने रोग पत्ता लागेको थियो ।त्यस्तै पछिल्लो तीन आर्थिक बर्षको पहिलो बर्ष यौन र्दुव्यवहार बाट २८ जना र शारीरिक दुव्र्यवहार बाट पिडित भइ २३ जना महिला गुल्मी अस्पतालमा सेवा लिन आएका थिए । दोश्रो बर्ष क्रमशः उक्त र्दुव्यवहार बाट १५ जना, ३१ जना र तेस्रो बर्ष १८ र १५ जना महिला उपचार सेवा लिन आएका थिए ।

जिल्ला स्वास्थ कार्यालयका अनुसार हालसम्म जिल्लाभर १९९ जना महिला एचआईभी संक्रमित छ्न् । गत एक वर्षमा १५ जना थपिएर कुल संख्या त्यति भएको हो । ती मध्ये एक जना महिला गर्भवती छ्न् । वार्षिक समिक्षा गोष्ठीको जिल्ला समन्वय प्रमुख द्रोणबहादुर खत्रीले उद्घाटन गरेका थिए ।

गुल्मी अस्पतालमा डाक्टर सहित सबै तहको जनशक्तिको ठूलो अभाव नै मुख्य चुनौती रहेकोले आफुले दरबन्दी पदपूर्तिको समस्या समाधानम माथिल्लो तहसँग समन्वय गर्ने प्रमुख अतिथी खत्रीको भनाई थियो ।