बुटवल । सरकारले पेट्रोलियम पदार्थ तथा ग्यासको मुल्य वृद्धि विरुद्ध रुपन्देहीको सैनामैनामा विद्यार्थीले आइतबार विरोध प्रदर्शन गरेका छन् । नेपाल विधार्थी संघ सहिद नारायण पोख्रेल रामापुर इकाई समितिको नेतृत्वमा विरोध प्रदर्शन गर्दै विद्यार्थीले आधा घण्टा पूर्व–पश्चिम राजमार्ग ठप्प गराएका थिए ।
सरकार विरुद्ध विभिन्न नारासहितको प्लेकार्डसहित सडकमा उत्रिएका विद्यार्थीले मुल्यवृछि फिर्ता नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका थिए । आर्थिक मन्दीका कारण जनजिवन कष्टकर भएका बेला जनताको ढाड सेक्ने गरि भएको मुल्य वृद्धि तत्काल फिर्ता गर्न माग गरिएको नेपाल विधार्थी संघका केन्द्रीय सदस्य किरण तिवारीले बताएका छन् ।
जनताको मर्म विपरित अहिलको सरकार लागेको सहिद नारायण पोख्रेल रामापुरका स्ववियु सभापति तथा ने.वि संघ जिल्ला सचिब मनोज बेल्बासेले बताए । कार्यक्रम सैनामैना ६ कलौनी स्थित पुर्वपश्चिम राजमार्गमा भएको थियो ।
प्रतिक्रिया