बुटवल । बुटवल उपमहानगरपालिका-६ मा रहेको उर्बर बचत तथा ऋण सहकारी सस्था लिमिटेडले आफ्नो १३ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। २०६७ सालमा स्थापना भएको सहकारीले शनिबार एक कार्यक्रमको आयोजना गर्दै साधारणसभा सम्पन्न गरेको हो।
साधारणसभाको उद्घाटन गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्ट्रार तिलक आचार्यले सहकारीले आर्थिक क्षेत्रसँगै सामाजिक क्षेत्रमा याेगदान गर्नुपर्ने बताए । आफुहरुले १३ वर्ष अगाडि स्थापना गरेको सहकारी अहिले निकै बलियो बनेको बताए । उनले विभिन्न क्षेत्रमा कार्यालय रहेर सम्पर्क कार्यालय बुटवल खोली बचतकर्ताको रकम धरासायी बनाएर जाने गर्दा ब्यवस्थित तरिकाले चलेका सहकारीको बदनाम भएकाले सदस्य सबै चनाखो हुनुपर्ने सुझाव दिए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख गुणाखर खनालले बुटवलमा दर्ता भएका सहकारीमा समस्या नभएको बताए । उनलेे आफ्नो बचतकाे अवस्थाबारे बुझ्न सदस्यहरूलाई आग्रह गरे । राष्ट्रिय सहकारी बैक बुटवलका प्रमुख नारायण बेल्बासेले सहकारीका विषयमा सबै सदस्य सचेत हुनुपर्ने बताउँदै सबै कार्यविधि बनाएर सहकारी संचालन गर्न सुझाव दिए ।
सहकारीका अध्यक्ष उमेश कुँवरकाे अध्यक्षता सचिव माया क्षेत्रीकाे संचालनमा भएको कार्यक्रममा सस्थापक अध्यक्ष शालिकराम बञ्जाडे, सस्थापक सचिव एवं पूर्व अध्यक्ष रामप्रसाद आचार्य, नमराज सुबेदी, काेषाध्यक्ष कृष्णप्रसाद भुसाल, उपाध्यक्ष डोलराज फुल्लेललगायतले बोलेका थिए।
कार्यक्रममा अध्यक्ष उमेश कुँवरले पेश गरेको प्रगति प्रतिबेदन, शम्भु आचार्यले पेश गरेको लेखा समितिको प्रतिबेदन तथा कोषाध्यक्ष कृष्णप्रसाद भुसालको आर्थिक प्रतिबेदन सर्वसम्मतले पारित भएको छ। ५४८ जना शेयर सदस्य रहेको सहकारीको ३९ लाख ९९ हजार शेयर पूँजी रहेको छ।
प्रतिक्रिया