बुटवल । राष्ट्रिय यातायात उद्यमशिल मजदुर भलाई कोषको ७ औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट पुनः मोहन भुसालको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिती निर्विरोध चयन भएको छ ।
जसको वरिष्ठ उपाध्यक्षमा कृष्ण प्रसाद सापकोटा, उपाध्यक्षमा महमद कलिम महासचिवमा प्रकाश रिजाल, सचिव होम बहादुर पान्डे, सह सचिबमा दिनेश कुमार कसौधन, कोषाध्यक्षमा ओम बहादुर कुँवर निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत यानेन्द्र जिसिले जानकारी दिए ।
त्यसै गरि सदस्यहरुमा सन्तराम यादव , शत्रुधन शाह, लक्षमण भट्टराई, अशोक बस्नेत, लीलाधर लुइँटेल , पुर्ण बहादुर परियार, लक्ष्मण कार्की , सन्तोष थापा, नमराज गिरि र दिपक शर्मा निर्वाचित भएको निर्वाचन संयोजक जि।सीले जानकारी दिए । निर्वाचित कार्यसमिति सबैलाई बिहीबार नै प्रमाण–पत्र प्रदान गरि सपथ ग्रहण गराइएको छ ।
प्रतिक्रिया