ताजा अपडेट »

बुटवलमा धुमधामसहित मनाइयो मोहम्मद डे : र्यालीसहित बजार परिक्रमा

विहीबार, ११ असोज २०८०

बुटवल । ईस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद सल्लल्लाहु अलैही वसल्लमको जन्मदिन धुमधामकासाथ मनाईएको छ । हजरत मोहम्मदको १४९८ औ जन्मोत्सवका अवसरमा आज बिभिन्न स्थानमा बाजागाजा सहित जुलुस प्रदर्शन गरिएको छ ।

ईस्लामिक क्यालेण्डर हिजरी सम्वतको तेस्रो महिना रविउलअव्वलको अरबी १ तारिखदेखि १२ तारिखसम्म टोल गल्ली सजावट गर्ने र आज १२ तारिखको दिन मोहम्मदी जुलुस निकाल्ने मुस्लिम समुदायको प्रचलन रहेको छ ।

बुटवलमा ईस्लाम समर्थकहरुले बिहानै देखि आआफ्नो घर टोल छिमेकको सरसफाई गर्दै जुलुस प्रदर्शन गरेका छन् । पारी बुटवल स्थित जामा मस्जिदबाट निस्केको बाजागाजा र झाँकी सहितको जुलुस नेपालगन्जरोड, अस्पताल चौक, ट्राफिक चोक, राममन्दिरलाईन हुँदै जामा मस्जिद पुगेर समापन भएको थियो । जामा मस्जिद संचालक समितिले यस वर्ष देखि झण्डै एकसाताको कार्यक्रम गरि मोहम्मद जन्मोत्सव मनाउन थालेको छ ।

मदरसा स्तरीय हाजिरिजवाफ, रक्तदान, धार्मिक प्रवचन र र्याली सहितको कार्यक्रम गरिएको रजा(ए(मुस्तफा जामा मस्जिद समितिका महासचिव अफुर मियाँले जानकारी दिए ।