ताजा अपडेट »

सन्दर्भ सेप्टेम्बर २८ : रेविजबाट बच्न सकिन्छ

विहीबार, ११ असोज २०८०
1 Shares

देखिइसकेपछि ३ देखि १० दिनभित्र बिरामीको मृत्यु हुन्छ । त्यसैले रेबिजलाइप्राणघातक रोग भनिन्छ । रोगी जनावरको र्याल, घाउमार्फत शरीरमा रेबिजका जिवाणु प्रबेश गर्दछ भनेर सन् १८०४ माजर्मन बैज्ञानिकले पत्तालगाएका थिए । यो रोगले छाला मुनिको भित्रीतन्तु, मांसपेसी हुँदै परीधिय र केन्द्रिय स्नायु प्रणालीमा असर गर्दछ । बिस्तारै शरीरका अरु अंगहरुमा असर गरी बिरामीको मृत्यु हुन्छ ।

रेबिज मानब सभ्यतासंगै देखिएको रोग हो । उत्तरपूर्बी अफ्रीकन क्षेत्रमा रहेको इजिप्ट सभ्यतामाआजभन्दा ४३०० बर्ष अगाडिको इतिहासमा रेबिज रोगका बारेमा उल्लेख गरेको पाइन्छ । दार्शनिक एरिस्टोटलले आजभन्दा २३०० बर्ष अगाडि लेखेको नोटमा पनि रेबिज लागेको कुकुरले मानिसलाई टोकेमा वा उक्त कुकुरले अन्यजनावरलाई टोकेमा अनि ति जनावरहरुको सम्पर्कमा मान्छे आएमा रेबिज लाग्ने तथ्य उल्लेख गरेका छन् । हुनत कुुकुर र मान्छेको सम्बन्ध आजभन्दा ९ हजार वर्ष पहिले देखि स्थापित हो भन्ने कुरा शास्त्रमा उल्लेख छ । बायोलोजी लेटर्स भन्ने विज्ञान पत्रिकाका अनुसार जंगली ब्वाँसोको परीवारबाट कुकुर मानवको परीवारसंग आएको भन्ने कुरा डिएन ए परीक्षणबाट पत्ता लागेको छ ।

रेबिज अन्टार्कटीका महादेश बाहेक १५० राष्ट्रहरुमा पाइन्छन । २० औ शताब्दी अगावै रेबिजको संक्रमण एकदमै धेरै थियो । २० औ शताब्दीको शुरुवातसंगै जनचेतना र खोपको कारण विकशित देश र युरोपमा रेबिजको संक्रमण नाटकीय रुपमा कम हुँदै गयो । जसकाकारण अष्ट्रेलिया, ताइवान, साइप्रस, आइसल्यान्ड, आइरल्याण्ड, जापान, माल्टा, न्युजिल्यान्ड, वेलायत, पेनिशुला, फिनल्यानड, नर्वे, स्विडेन रेबिजमुक्त देश भएका छन् । यो रोगबाट मानव मृत्युको ९५ प्रतिशत अफ्रिका र एसियामा रहेको छ । यो रोग लागेका बिरामीमध्ये ४० प्रतिशत १५ वर्ष उमेर मुनिका बालबच्चा प्रभाबित छन् । अहिले पनि विश्वभर ५९००० प्रतिबर्ष रेबिजका कारणले मर्ने गर्दछन भने नेपालमा बर्षेनी २०० जना ब्यक्तिको ज्यान जाने गर्दछ । ३५ हजार मानिस कुकुरको टोकाइको शिकार हुने गरेका छन् । करीब पचास हजार नागरीक पोष्ट एक्पोजर प्रोफाइलेक्सिस उपचार लिने गर्दछन ।

विश्व स्वास्थ्य संगठनको नेतृत्वमा विश्वलाई रेबिज बिरुद्धमा एकता गर्दै सन् २०३० मा कुकुरबाट लाग्ने रेबिजद्वारा मानव मृत्यु शुन्य बनाउने रणनीति लिएको छ । यसका लागि सन २००७ सेक्टेम्बर ८ मा पहिलो विश्व रेबिज दिवस मनाउन शुरु गरीएको थियो । रेबिज बिरुद्धको खोप पत्ता लगाउन लामो अध्ययन, लगन, मेहनत गरेका लुइस पाश्चरले मृत्यु वरण गरेको ऐतिहासिक दिन २८ सेक्टेम्बरलाई उनको सम्मानमा विश्व रेबिज दिवश मनाउन थालिएको हो । २८ सेक्टेम्बर २०२३ तदनुसार ११ असोज २०८०मा “रेबिजनियन्त्रण : एक स्वास्थ्य एक गन्तब्य” (Rabies ׃All for 1, One Health for All ) भन्ने नाराकासाथ सत्रौं विश्व रेबिज दिवस मनाउँदै छ । रेबिज ९९ प्रतिशत ज्यान लिने घातक रोग हो र सतप्रतिशत रोकथाम गर्न सकिने रोग हो । त्यसैले रेबिज सम्बन्धि तथ्यलाई आम समुदायमा फैलाउँदै भ्रम र अन्ँधविश्वासलाई हटाई विश्व समाजलाई रेबिजमुक्त गराउने दिवसको मुख्य उद्देश्य हो ।

अहिलेसम्मको विश्व इतिहासमा रेबिज लागि सकेपछि उनन्तीस जना ब्यक्तिमात्र बांचेको तथ्याङ्क छ । त्यसैले रेबिजलाई प्राणघातक रोग भनिन्छ । यो रोगको जिवाणु शरीरमा प्रबेश गरेपछि रोगको लक्षण ७ दिनदेखि वर्षौसम्म पनि आउन सक्छ । कति समयमा लक्षण देखिन्छ भन्ने कुरा कुकुरले कुन ठाउंमा टोकेको छ, कति ठाउंमा टोकेको छ, कति गहिरो टोकेको छ, लुगा माथिबाट टोकेको छ कि नांगो छालामा टोकेको छ, कस्तो कुकुर वा जनावरले टोकेको छ भन्ने कुरामा निर्भर गर्दछ । यी माथिका घाउको आधारमा पनि उपचार गरिन्छ । करीब ९६ प्रतिशत रेबिज संक्रमित कुकुरको कारणले सार्दछ बांकी ब्वासो, मुसा, स्याल,प् ाm्याउरो, बिरालो वा अन्य मांसहारी जनावरको टोकाइबाट सर्ने गर्दछ । विश्व स्वास्थ्य संगठनको प्रतिबेदन बमोजिम विश्वमा २ अर्ब, अमेरिकामा ७ करोड ८० लाख, भारतमा २० लाख, चीनमा २ करोड ७० लाख सामुदायीक कुकुर छन । रेबिज मानिसलाई मात्रै होईन गाइ, भैसी, बाख्रा, घोडा, सुगुर, बिरालोलाई पनि लाग्दछ । रेबिज लागेको कुनै पनि जंगली जनावरसंगको सम्पर्कमाआउंदा सर्दछ ।

रेबिजका विषाणु शरीरमा प्रबेश गरेपछि बिबिध प्रकारका लक्षणहरु देखा पर्दछन । जसमा पहिले टाउको दुख्ने, ज्वरो आउने, घांटी जीउ दुख्ने, सानो कुरामा उत्तेजित हुने, पछि चिडचिडाहट हुने, अध्यारो सुनसान कोठामा एक्लै बस्न रुचाउने, खाना पानी निल्न नसक्नु, पानीसंग डराउने, बाक्लो च्यापच्याप लाग्ने र्यालआउनु, प्रकाश हावा आवाजले शरीरका मासु खुम्चिनु, कम्पन हुनु, पक्षघात हुनु, कुकुर जस्तो स्वभाब देखाउनु ।

रेबिज ९९ प्रतिशत ज्यान लिने घातक रोग हो र सतप्रतिशत रोकथाम गर्न सकिने रोग हो । त्यसो भएका कारण यो रोगबाट बच्नु र रोकथामका उपाय अपनाउनु नै उत्तम हो । समाजमा रहेका अन्धबिश्वास, गलत धारणा ब्यबहार, भ्रम, शंका आदिलाई हटाउनका लागि सूचना संचार प्रबिधीको अधिकतम प्रयोग गरी सचेतना अभियान संचालन गर्ने । समुदायमा झारफुकदेखि संकास्पद जनावरले टोक्दावा सम्पर्कमा आउँदा केहि हुदैन, घरमै पालेको जनावर त हो नि, घाउ निको भइसक्यो जस्ता बिषयलाई नजरअन्दाज नगरी तुरुन्तै आवश्यक उपचारका उपाय गर्नुपर्दछ । बिभिन्न संघ संस्था, निकायले अभियान थालिसकेका छन् । ललितपुर नगरपालिकाले घरपालुवा कुकुरलाई रेबिजखोप र सडक कुकुरलाई बन्ध्याकरण गर्ने, बिर्तामोड नगरपालिकाले घरपालुवा कुकुरलाई र छाडा कुकुरलाइ रेबिज खोप लगाउने, घरमा कुकुर पाल्नु परेमा स्थानिय निकायमा दर्ता गर्ने लगायत बिभिन्न स्थानीय तहहरुबाट थुप्रै सह्रानीय प्रकृया शुरु गरेका छन् ।

यसका साथ साथमा संकास्पद जनावरको सम्पर्कमा आएमा वा टोकेमा १० मिनेट साबुन पानी, एन्टिसेप्टिक औषधिले सफागर्ने । घाउलाई टाका नलगाउने, नदुख्ने औषधी, संक्रमणबाट बचाउन एन्टिबायोटिक औषधी दिने । कुकुरलाई १४ दिन सम्म निगरानीमा राख्ने । पाल्तु जनावर र छाडा कुकुर जनावरलाई रेबिज बिरुद्धको खोप लगाउने । रेबिज शंका लागेका जनावरलाई, भुस्याहा कुकुरको उचित ब्यबस्थापन गर्ने । पाल्तु जनावरको हेरचाह गर्ने ब्यक्तिलाई अनिबार्य खोप लगाउने । रेबिज जस्तो प्राणघातक रोग मुक्त समाज बनाउने १७ औ बिश्व रेबिज दिवश २०२३ जस्तो विश्वब्यापी अभियान एक दिन होइन दिनहु मनाउ । रेबिजलाई २०३० सम्ममा कुकुरको टोकाईबाट मानिसलाई हुने रेबिजलाई शुन्यमा पुर्याउने अन्तर्राष्ट्रिय प्रतिबद्धता बमोजिमको लक्ष्य प्राप्तिका लागि नेपालले ब्यापक सचेतना अभिबृद्धि गर्ने तथा समुदाय, स्थानीय तहदेखि प्रदेश तथा संघीय स्तरबाटै नीति निर्माण गरी कार्यान्वयन गर्नु जरुरी छ । यो दिशामा आ–आफ्नो ठाउँबाट अघि बढौै । मुलुक र विश्वमानव समाजलाई प्राणघातक रेविज रोग मुक्त बनाउन जुटौं ।